Homeसमाचारगोम्देनको चुनावी प्रचारमा विल्सन र रजनी

गोम्देनको चुनावी प्रचारमा विल्सन र रजनी

अर्जुनधारा २३ बैशाख । चर्चित हास्यकलाकार विल्सन बिक्रम राई (तोक्मेबुढा) ले अर्जुनधारा नगरपालिकाको विकासका लागि बलदेव गोम्देन उत्तम नेता भएको बताउनु भएको छ । अर्जुनधारा ७ मिलडाँडा चोकमा आयोजित चुनावी कोणसभामा उहाँले मेयर पदका प्रत्यासी बलदेव गोम्देन तामाङलाई विजयी गराउन आग्रह समेत गर्नुभयो ।
अर्जुनधाराको विकासका लागि उत्तम नेता बलदेवे गोम्देन तामाङ भएको बताउदै विल्सनले उहाँलाई भोट दिएर मेयर पदमा विजयी गराउन आग्रह गर्नु भएको हो । राईले नेता हुनका लागि रिजन र भिजन हुनुपर्ने बताउदै बलदेवमा ति दुबै गुण भएकाले समृद्ध नगर निर्माणको लागि उहाँलाई जिताउनु पर्ने बताउनुभएको थियोे ।
भौतिक र प्राबिधिक विकास मात्रै विकास नभएको भन्दै राईले नगरबासीको व्यत्तित्व विकासले सबैभन्दा ठुलो महत्व राख्ने बताउनुभयो । त्यसका लागि जनताले सहि नेतृत्व छान्नुपर्ने उहाँको तर्क थियो ।
५ बर्ष अर्जुनधारा १० नम्बर वडाको वडाअध्यक्ष हुँदा बलदेवले गरेको विकास हेरेर जनताले अब नगरपालिकाको विकासकालागि बलदेवलाई जिताउनु पर्ने राईको भनाई थियो । तोक्मे बुढा उपनामले परिचित विल्सनले चुनावी सभामा बिभिन्न मनोरञ्जनात्मक प्रस्तुती समेत दिनुभएको थियो । कार्यक्रममा नायिका रजनी गुरुङ (मंगली) ले पनि राईसंग नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कोणसभामा नेकपा एमालेको तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङ, उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुली (इन्दिरा)ले पनि आफ्नो चुनावी प्रतिबद्धता राख्दै सूर्य चिन्हमा मतदान गरि सबै नेकपा एमालेका उम्मेदवारहरुलाई विजय गराउन आग्रह गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगोम्देनको चुनावी प्रचारमा विल्सन र रजनी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img