Homeसमाचारभद्रपुरको समृद्धिका लागि नगर प्रमुखका सवै प्रत्यासीको प्रतिबद्धता

भद्रपुरको समृद्धिका लागि नगर प्रमुखका सवै प्रत्यासीको प्रतिबद्धता

भद्रपुर २४ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि भद्रपुरमा नेतृत्व दाबी गरिरहेका ७ दलका प्रत्यासी उम्मेदवारले समृद्ध भद्रपुर नगरका लागि प्रतिबद्धता जाहेर गरेका छन् । भद्रपुर जेसीजको आयोजनामा सम्पन्न सार्थक बहसमा सहभागी उम्मेदवारहरूले झापाको सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिकाको उन्नतिका लागि उम्मेदवारी दिएको दाबी गर्दै सातै दलका प्रमुख पदका उम्मेदवारले समृद्ध भद्रपुरको प्रतिबद्धता जाहेर गरेका हुन् ।
कार्यक्रममा नेकपा एमालेका तर्फबाट नगर प्रमुखमा उम्मेदवार रहेका अशारू राजवंशीले मागेर देश चलाउने भिखारीपन अन्त्य गर्दै भद्रपुरको समृद्धिको खाका कोर्ने प्रतिबद्धता राखेका छन् । उनले नेकपा एमालेकै कारण भद्रपुर नगरमा कालोपत्रे सडकले गाउँ बस्ती जोडेको भन्दै पूजीवादी दलाल प्रवृत्ति रोक्न आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारेका थिए ।
नेपाली काँग्रेसका तर्फबाट गठबन्धनको नेतृत्व गर्दै मेयर पदका प्रत्यासी रहेका गणेश पोखरेलले अघिल्लो निर्वाचनमा नेतृत्व पाएको नेकपा एमालेको स्थानीय सरकारले नागरिकका सामान्य समस्याको पहिचान र समाधान समेत गर्न नसकेको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी प्रर्वधन मार्फत भद्रपुरको उन्नति पथ निर्माण गर्ने प्रतिबद्धता राखेका छन् । उनले नगर सरकारका नाममा हुने चुहावट, फजुल खर्च जस्ता आर्थिक विचलन रोकेर गरिव, जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति, दीर्घ रोगीको उपचारका लागि आर्थिक सहयोग लगायत नागरिकका जनजीवन सामान्य अवस्थामा ल्याउन सक्ने गरी विज्ञ समूह सहित कार्योजना लागु गर्ने स्पष्ट पारेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नगर प्रमुखको दावी गरिरहेका नवराज पनेरूले आफ्नोपन सहित युवा युवतीको विदेश पलायन रोकेर नगरको उन्नतिका लागि उद्योग, व्यापारको वातावरण निर्माण मार्फत नगरको प्रगतिपथ निर्माण गर्ने प्रतिबद्धता राखेका छन् । उनले राजाका पालामा निर्माण भएका संरचना नै भजाएर संघीयता तथा लोकतन्त्र कालको प्रगति देखाइनु विडम्बना भएको भन्दै भद्रपुरको उन्नतिमा आफू बाहेको विकल्प नरहेको अडान राखेका थिए ।
कार्यक्रममा जनता समाजवादी पार्टीका नगर प्रमुख पदका उम्मेदवार समरकुमार राईले ठूला भनिएका दलको असक्षमताको परिणाम बहुसंख्यक नेपाली नागरिकता विहिन भएको भन्दै अनागरिकको अवस्था अन्त्य गराएर समानुपातिक विकासको वातावरण निर्माण गर्ने प्रतिबद्धता राखेका छन् ।
मंगोल नेशनल अर्गनाइजेसनका प्रमुख पदका प्रत्यासी इन्द्रकुमार सुहाङले मंगोल जातिको उन्नतिका लागि आफ्नो उम्मेदवारी भन्दै समावेशी विकासको माध्यमबाट भद्रपुरको उन्नति गर्ने प्रतिबद्धता राखेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका प्रमुख पदका उम्मेदवार यमबहादुर लिम्बूले नगरको उन्नतिका लागि औद्योगिक वातावरण निर्माण गर्ने भन्दै नेतृत्व पाए आफ्नो कार्यकालमा कुनै सेवा सुविधा नलिने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा मौलिक जरोकिलो पार्टीका प्रमुख पदका प्रत्यासी चुडामणि अधिकारीले अग्र्यानिक कृषि क्रान्तिको माध्यमबाट मौलिकपन सहितको समृद्ध भद्रपुर बनाउने प्रतिबद्धता राखेका छन् । भद्रपुर जेसीजका अध्यक्ष मनोज भट्टराईको अध्यक्षता तथा भद्रपुर जेसीजका पूर्व अध्यक्ष उत्तर चापाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सहजीकरण निवर्तमान अध्यक्ष खिलनाथ पाण्डे निकासले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभद्रपुरको समृद्धिका लागि नगर प्रमुखका सवै प्रत्यासीको प्रतिबद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img