Homeसमाचारमतदातामा एमालेले भ्रम छरेको भन्दै सिटौलाको आपत्ति

मतदातामा एमालेले भ्रम छरेको भन्दै सिटौलाको आपत्ति

बिर्तामोड २३ बैशाख । चुनावी अभियानमा नेकपा एमालेले मतदातालाई भ्रम छरेको भन्दै गठबन्धनका तर्फबाट बिर्तामोड नगरपालिकाका प्रमुख पदका उम्मेदवार भोजराज सिटौलाले आपत्ति जनाएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच भएको गठबन्धन देखेर आत्तिएको एमालेले चुनाव चिन्हको बिषयलाई लिएर मतदातालाई भ्रम छरेको भन्दै आपत्ति जनाएका हुन् ।
शुक्रबार बिर्तामोडको वडा नम्बर ८ स्थित किसनभिट्टामा भएको चुनावीसभालाई सम्बोधन गर्दै सिटौलाले कांग्रेस कार्यकर्ताहरुलाई भ्रम छरेको बताए । मान्छेको हत्या गर्ने माओवादीलाई कसरी कांग्रेसले भोट हाल्न सक्छ भन्दै भ्रम सिर्जना गराउन खोजेको भन्दै आफूहरुको आपत्ति रहेको बताए । ‘राम थापाको हत्या कसले गर्र्यो,’ सिटौलाले प्रश्न गरे,‘कम्युनिष्टले झापामा कतिको हत्या गर्यो, थाहा छैन र ?’ गठबन्धन आमूल परिवर्तनका लागि वर्तमान समयको आवश्यकता भएकाले चुनाव चिन्हको बिषय ठूलो नभएको भन्दै सिटौलाले गठबन्धनका सम्पूर्ण उम्मेदवारलाई जिताउन आग्रह गरे ।
वर्तमान बिर्तामोडको सरकारले वडा नम्बर ८ लाई विकासमा विभेद गरेको भन्दै उनले ८ नम्बर वडामा कालोपत्रे खै ? भन्दै प्रश्न गरे । पाँचबर्षमा गर्न नसकेको काम अब गछौँ भन्दै एमालेले जनतालाई झुक्याइरहेको उनले बताए । गठबन्धनका उम्मेदवारहरु दृढ संकल्पका साथ काम गर्न आएको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख पदका उम्मेदवार सिपी कडरियाले आफूहरु जनप्रतिनिधी नहुँदै पनि वडा नम्बर ८ का लागि थुप्रै विकासका काम गरेको बताए । कडरियाकै पहलमा भिरचुली खोलामा पुल निर्माणाधिन रहेको, हात्ती नियन्त्रण गर्नुका साथै व्युटिफिकेसनका लागि देउनिया खोलाको डीपीआर तयार भइरहेको बताए । उनले हर्चना तीनमुखे पैनी तटबन्धनका लागि बजेट विनियोजन गराएको तर एमालेको नेताले काम गर्न अवरोध गरेको आरोप लगाए । गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्दै कडरियाले देउनिया मसानघाट व्यवस्थित गर्ने, कृषि उत्पादनका लागि पूर्वाधार तयार गर्ने लगायतका कामलाई आफूहरुले प्राथमिकताका साथ गर्ने प्रतिबद्धता जनाए ।
गठबन्धनको माहोल व्यापक बनेको देखेर विपक्षीहरु गाली गलौजमा उत्रिएको कडरियाले बताए । १२ बुँदे सम्झौताको स्मरण गराउँदै उनले जब माओवादी र कांग्रेस गठबन्धन हुन्छ तब मुलुकको राजनीतिले नयाँ मोड लिने बताए ।
वडा नम्बर ८ का वडाध्यक्ष पदका उम्मेदवार चिरञ्जिवी कार्कीले गाउँमा ठूलो सपना नबाँड्ने बताउँदै आफूहरुले जितेको खण्डमा वडाभित्रका चार वटा मुख्य बाटोलाई कालोपत्रे गर्ने, अग्र्यानिक कृषि बजार बनाएर कृषिजन्य वस्तुको त्यहीँबाट बिक्री वितरण गर्ने व्यवस्था मिलाउने बताए । चुनावपछि कार्की फेरी अमेरिका जान्छ भनेर विपक्षीले हल्ला चलाएको भन्दै कार्कीले आफु कदापी पुन ः अमेरिका नफर्किने भन्दै मतदातालाई लेखेर राख्न आग्रह गरे । आफ्नै गाउँमा समाजसेवा गर्न सबै ढंगलेले आफू तयार रहेको बताउँदै उनले गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउन वडाबासीलाई आग्रह गरे ।
नगरप्रमुख पदका उम्मेदवार सिटौला, उपप्रमुख पदका उम्मेदवार कडरिया, नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशिला ढकाल, चुनाव प्रचार–प्रसार संयोजक लक्ष्मी आचार्य, नेता सजेश शिवाकोटी लगायत दर्जनौँको संख्यामा रहेको प्रचारप्रसार टोलीले वडाको कटरबारी, किसनभिट्टा, देउनियाँ चोक र गरामनीमा कोणसभासहित घरदैलो गरेको थियो । बिर्तामोड–८ मा वडाध्यक्ष कार्की, महिला सदस्य सरस्वती खतिवडा, दलित महिला सदस्य लिला विश्वकर्मा, वडासदस्यहरु धर्मेन्द्र सिटौला र तेजप्रसाद विमली गठबन्धनको तर्फबाट उम्मेदवार छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमतदातामा एमालेले भ्रम छरेको भन्दै सिटौलाको आपत्ति
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img