Homeसमाचारडिजे बाजामा अन्तरजातीय विवाह, समाज परिवर्तनको उदाहरण

डिजे बाजामा अन्तरजातीय विवाह, समाज परिवर्तनको उदाहरण

सुनबर्षी २३ बैशाख । संबिधान र कानुनले दण्डनिय बनाएपनि अन्तरसमुदाय र दलित र गैरदलितविचको विवाहलाई समाजले अझै पूर्ण रुपमापचाउन सकेको छैन । अझैपनि अन्तर समुदाय र अन्तरजातिय विवाह गर्ने जोडीहरुलाई घर परिवार र समाजबाट बहिष्कार हुनेदेखी विभिन्न बहानामा छुटयाउने गरिएको छ । तर मोरङका मधेशी समुदायका गैरदलित युवा र पहाडे दलित समुदायकी युवतीको परिवारकै सहमतीमा झ्याँई झ्याँई बाजा बजाएर धार्मिक रिती अनुसार मागी विवाह भएको छ ।
मोरङको सुनवर्षी नगरपालिका २ सुगाबजारका राजेन्द्रप्रसाद र प्रमिलादेवी साहका जेठा छोरा २७ बर्षिय बिरेन्द्र साह र सोही नगरपालिका ३ नम्बर वडाका रत्न र कल्पनादेवी दर्नालकी जेठी छोरी २५ बर्षिय सम्झना दर्नालको बुधबार झ्याँई झ्याँई बाजा बजाएर विहे भएको हो ।
बेहुला र बेहुली दुवै परिवारको सहमतीमा पण्डितले जुराएको साईत अनुसार बुधबार बैशाख २१ गते बिरेन्द्र र सम्झनाको विवाह लगन तय भएको थियो । सोही अनुसार बुधबार बेहुला विरेन्द्रसँगै उनका बुबा राजेन्द्र र परिवारका सदस्य अनि गाउँले र अतिथिहरु ठाँटिएर सम्झनालाई लिन जन्ती बनेर रमाउदै बेहुली घर पुगेका थिए । आधुनिक डिजे बाजा गाजा सहित नाच्दै गाउँदै आएका जन्तीलाई सम्झनाका बाबा आमा आफन्त र गाउँलेहरुले पनि हर्षोल्लासका साथ रितपूर्वक भव्य स्वागत गरे ।
दुबैको हिन्दु बैबाहिक बिधि अनुसार जग्गेमा पण्डितले बिबाह सम्पन्न गराएका थिए । त्यसपछि बेहुला बिरेन्द्र र उनका आफन्तहरुल सिँगार पटारले चिटिक्क सजिएकी बेहुली सम्झनालाई ल्याएर हर्षोल्लाससहित रितपूर्वक घर भित्र्र्याए । बेहुली भित्र्याएका विरेन्द्रले बिहिवार दिउँसो आफना साथीभाई र आफन्त र शुभेच्छुकलाई प्रितिभोज पनि आयोजना गरेका छन । र्
हामीले समाजमा परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भनेर परिवारलाई सहमती गराएर केही बर्षदेखीको प्रेमलाई मागी विवाहमा परिणत गराएका हौ’ , बेहुला बिरेन्द्र र बेहुली सम्झनाले भने । बेहुलाका बुबा राजेन्द्रप्रसादले समाजमा अझै दलित र गैरदलित भनेर जातभातको कुरा गर्नु लाजमर्दो कुरा हो भन्दै आफुहरुले जेठा छोरोको समाजिक अन्र्तघुलनका लागि अन्तरसमुदायमा मागी अन्तरजातिय बिहे धुमधामले गराएको बताए । सम्झनाका बाबु रत्न र आमा कल्पनाले पनि अन्तरसमुदाय र अन्तरजातिय भएपनि धुमधामले विवाह गरेर छोरीलाई बिदा गर्न पाउँदा आफुहरु हर्षित भएको बताए ।
बेहुला विरेन्द्र पत्रकारिता र कलाकारितासँगै समाज सेवामा पनि सक्रृय छन । बेहुली सम्झना चाँही स्नातक तह अन्तिम बर्षमा अध्यनरत छिन । सम्झनाका बाबु आमा कृषक हुन । बिरेन्द्रका बाबु स्थानिय व्यापारी हुन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारडिजे बाजामा अन्तरजातीय विवाह, समाज परिवर्तनको उदाहरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img