Homeसमाचारगठबन्धनमा इमान्दार हुन कांग्रेस कार्यकर्तालाइ थेवेकाे आह्वान

गठबन्धनमा इमान्दार हुन कांग्रेस कार्यकर्तालाइ थेवेकाे आह्वान

विर्तामोड २३ बैशाख । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले राष्ट्रिय आवश्यकताका आधारमा गठबन्धन भएको बताउँदै इमान्दारीपूर्वक पालना गर्न कांग्रेस कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।
गठबन्धन दलका तर्फबाट अर्जुनधारा नगरपालिकाका लागि प्रमुखका उम्मेद्वार रञ्जिता कार्की, उपमेयरका उम्मेद्वार जितेश योन्जन, १० नम्बर वडाध्यक्षका उम्मेद्वार नारायण तामाङ एवं वडा सदस्यहरुको घरदैलो कार्यक्रममा अर्जुनधारा १० मा आयोजित कोणसभालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नुभएको हो ।
नेपाली कांग्रेस एवं गठबन्धन दलका उम्मेद्वारका विरुद्ध स्वतन्त्र उम्मेद्वारी दिने बागी उम्मेद्वार एवं तिनका समर्थक र प्रस्तावकहरुका विरुद्ध पार्टीको विधान बमोजिम केन्द्रीय समितिले कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिदै उहाँले गठबन्धन दलबीच भएको राजनीतिक सहमति कार्यान्वयनका लागि कार्यकर्तालाई आग्रह गर्नुभयो । नेपाली कांग्रेसको विधान–२०१७ (संसोधनसहित) धारा–४ को उपधारा–१३ (ग) बमोजिम बागी उम्मेद्वारको सदस्यता स्वतः खारेज हुने ब्यवस्था उल्लेख छ ।
गठबन्धन दललाई अत्यधिक बहुमतका साथ विजयी गराउन आम जनसमुदायसमक्ष अपिल गर्दै सभापति थेवे गठबन्धनका तर्फबाट अहिले गरिएका प्रतिबद्धताहरु सबै गाउँ÷नगरमा पूरा गरेर देखाउने आश्वासन दिनुभयो ।
कार्यक्रममा नेपाली नेकपा माओवादीका केन्द्रीय आचार्य लक्ष्मी न्यौपाने सरु, झापा इन्चार्ज राजु आचार्य अग्नी,  कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, अर्जुनधारा नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक दीपक तामाङ, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, नेपाल महिला संघ अर्जुनधाराका सभापति लिलादेवी कटुवाल, वडा सभापति यज्ञलाल श्रेष्ठसहित कांग्रेस र माओवादी कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । प्रचार–प्रसार कार्यतालिका अनुसार यसअघि अर्जुनधारा नगरपालिकाका १ देखि ९ नम्बर वडासम्म वडास्तरमा घरदैलो एवं चुनावी सभा सम्पन्न भइसकेको छ भने गठबन्धन दलले शुक्रबार अर्जुनधारा–१० र शनिबार अर्जुनधारा–११ मा प्रचार अभियान तय गरेको छ ।
गठबन्धन दलका उम्मेद्वारहरुले शुक्रबार अर्जुनधारा–१० को कालीस्थान, सेतिपानी, चिसापानी, जलकन्या आसपासका स्थानमा मतदाताको घरदैलोमा पुगेर मत मागेका छन् । मत माग्ने क्रममा नगर प्रमुखका प्रत्यासी रञ्जिता कार्कीले आफूले जनसेवाका लागि राजनीति गरेको उल्लेख गर्दै आफूलाई नगरको नेतृत्व गर्ने अवसर दिन आग्रह गर्नुभयो । 

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगठबन्धनमा इमान्दार हुन कांग्रेस कार्यकर्तालाइ थेवेकाे आह्वान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img