HomeFeatured 2हल्दिबारीलाई भ्रष्टाचारमुक्त नमुना पालिका बनाउँछौँ : दंगाल

हल्दिबारीलाई भ्रष्टाचारमुक्त नमुना पालिका बनाउँछौँ : दंगाल

हल्दिबारी २२ बैशाख । हल्दिबारी गाउँपालिकालाई भ्रष्टाचारमुक्त हल्दिबारी बनाउने प्रतिबद्धता जनाइएको छ । विहिबार हल्दिबारीको ढडुवा बजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रकातर्फबाट अध्यक्षका उम्मेदवार भवानीप्रसाद दंगालले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
विगतको पाँचवर्षे कार्यकालमा हल्दिबारी झापाकै तेस्रो भ्रष्टाचार भएको पालिका रहेको बताउँदै अध्यक्ष पदका उम्मेदवार दंगालले माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भए भने पालिकामा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गरे । ‘हल्दिबारी झापाकै बढी बेरुजु हुने पालिकामा तेस्रो नम्बरमा पर्छ,’ उनले भने,‘हामी ती बेरुजु गर्नेहरुलाई कार्यकर्तालाई भर्तीकेन्द्रको रुपमा गाउँपालिकालाई प्रयोग गर्नेलाई सदाका लागि हामी विदा गर्न चाहन्छौँ ।’ यस्तो करतुत गर्ने महानुभावहरुलाई अबको निर्वाचनबाट पाखा लगाउन माओवादी केन्द्र तयार भएको उनले बताए । माओवादी केन्द्रका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्दै उनले आफूहरुको स्थानीय सरकार बन्यो भने पालिकालाई भ्रष्टाचार बनाउनुका सार्थ देशभरमा नमूना पालिका बनाउने उद्घोष गरे । उनले हल्दिबारीको स्थानीय सरकारले गाउँपालिकामा खानपिनमा ९२ लाख बेरुजू गरेको भन्दै खेद प्रकट गरे ।
‘विकासको नाममा धेरै गीतहरु गाइयो, भजनकिर्तन गाइयो,’ दंगालले भने,‘निर्वाचनको प्रचारप्रसारको अभियानमा डुलिरहँदा विकास भनेको आफ्नो घर अगाडीमात्र हुँदोरहेछ, झापा रोडबाट उत्तरमात्र हुँदोरहेछ ।’ माओवादी केन्द्रले विकासमा भएको विभेदको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफूहरु त्यस्तो विकासमा विभेद गर्नेहरु विरुद्धमा आएको बताउँदै त्यस्तो बादशाहरुलाई घोडाबाट उतार्ने बताए । व्यवस्था बदल्नका लागि हजारौँ शहिदहरुले बलिदान दिएको भन्दै जनताको अवस्था बदल्न आजसम्म किन नसकिएको ? भन्दै प्रश्न गरे । उनले विगतको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरु कुस्ती खेल्न व्यस्त रहेकाले गाउँको विकास नभएको उनले आरोप लगाए । जनप्रतिनिधीहरुले कुस्ती खेलेर जनताको करबाट बनाइएको पालिकाको ढोका फोरेको भन्दै जनताले उनीहरुलाई कुस्ती खेल्न नभई घरघरमा विकास गर्न पठाएको बताए । जनप्रतिनिधीहरु मालिक नभएर सेवक भएको बताउँदै आफूहरु जनताको सेवक भएर काम गर्न आउन लागेकाले माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न उनले आग्रह गरे ।
उपप्रमुख पदका उम्मेदवार टीकादेवि राउतले माओवादी केन्द्रको स्थानीय सरकार बनेमा पालिकालाई भ्रष्टाचारमुक्त बनाई सुशासन कायम गरिने बताइन् । उनले आफु वृद्धवृद्धा, महिला, अपांग, असहायको बैशाखी बनेर काम गर्ने प्रतिबद्धता जनाउदै पालिकामा उत्कृष्ट न्यायनिरुपण गर्ने, विकासका नमुना योजना बनाउनेलगायत आफूहरुसँग हल्दिबारीको समृद्धिका लागि थुप्रै योजनाहरु रहेको सुनाइन् ।
वडाध्यक्ष पदका उम्मेदवार पदमलाल शिवाकोटीले आफूहरु ठूला सपना बाँड्न नआएको बताउँदै माओवादी केन्द्रका उम्मेदवारहरुले जितेको अवस्थामा कृषिलाई प्राथमिकताका साथ राखिने, प्रत्येक एक किलोमिटरमा कृषि भण्डार स्थापना गरिने, पालिकामा कृषिजन्य उद्योगहरु स्थापना गर्ने, विदेश जानुपर्ने अवस्थालाई अन्त्य गरि पालिकामा नै स्वरोजगारका कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा माओवादी केन्द्र झापाका सहइञ्चार्ज ज्योतिसिं दर्लामी, माओवादी केन्द्र जिल्ला समन्वय समिति सचिव मोहन टुडु, नेता धर्म शिवाकोटी, पार्टीका गाउँ कमिटि सचिव जीत राजवंशीलगायत थुप्रै कार्यकर्ता सहभागी रहेको घरदैलो अभियानले हल्दिबारीको चिनिमाया चोक, बाङ्गे चोक, कन्टारघुट्टु, गैरीगाउँ, बाघ डाँडा, ढडुवा, हल्दिबारी चोकमा घरदैलो तथा कोणसभा गरेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2हल्दिबारीलाई भ्रष्टाचारमुक्त नमुना पालिका बनाउँछौँ : दंगाल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img