Homeसमाचारमतपत्र बदर हुन नदिन सचेतना लिएर पेशाकर्मी टोलटोलमा पुग्ने

मतपत्र बदर हुन नदिन सचेतना लिएर पेशाकर्मी टोलटोलमा पुग्ने

भद्रपुर २२ बैशाख । स्थानीय तह निर्वाचनमा मतपत्र बदर हुन नदिनका लागि टोल टोलमा निर्वाचन शिक्षा प्रभावकारी बनाउन पेशाकर्मी जुट्ने भएका छन् । भद्रपुरमा सहकार्य गरिरहेका दलहरूको गठबन्धनका उम्मेदवारलाई विजयी गराउन मतदान प्रकृयाबारे नागरिकस्तरमा मतदान शिक्षाका लागि पेशाकर्मी टोल टोलमा पुगेर प्रचार प्रसारलाई तीव्र पार्ने भएका हुन् ।
नेपाली काँग्रेस निकट पेशाकर्मीहरूको भद्रपुरमा सम्पन्न भेलाले हरेक वडामा परिचालित टोल समितिका स्वयम सेवकसित सहकार्य गरी अधिकतम मतदान बदर हुन नदिने वातावरण बनाउने निर्णय समेत गरिएको छ ।
पेशाकर्मीका तर्फबाट अधिवक्ता भरत प्रसाईले सहजीकरण गरेको भेलामा नगर भित्रका १० वटै वडामा गठबन्धनका उम्मेदवारका लागि मत प्राप्त हुने वातावरण निर्माण गर्न मतदान प्रकृयाको वारेमा जानकारी दिन लागि पर्ने निर्णय समेत गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमतपत्र बदर हुन नदिन सचेतना लिएर पेशाकर्मी टोलटोलमा पुग्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img