HomeFeatured 2गठबन्धनले बिर्तामोडमा प्रचार अभियानलाई तीब्र बनायो

गठबन्धनले बिर्तामोडमा प्रचार अभियानलाई तीब्र बनायो

बिर्तामोड २२ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस(नेकपा (माओवादी केन्द्र) गठबन्धनले बिर्तामोडमा चुनावी अभियानलाई तीव्र बनाएको छ । गठबन्धनले मतदाता भेटेर मत माग्न घरदैलो अभियानलाई तीव्र बनाएको हो ।
बिर्तामोडका सवै वडामा वडा प्रचारप्रसार समितिमार्फत घरदैलो अभियानलाई तीव्रता दिएको गठबन्धनले नगरका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुसँग संयुक्त घरदैलो समेत गरिरहेको छ ।
विहिबार गठबन्धनका नेताहरुले वडा नम्बर १० को वडा कमिटीसँग घरदैलो अभियान गरेको छ । करिब १५० जना संलग्न रहेको प्रचारप्रसारको टोलीले वडाको सातडिग्री, पत्थरभिट्टा, कालिमुनी, जर्मनडाडा, शिवालय चोक, तोरीबारी, सैनिक बजारलगायतका मतदातालाई घरदैलो मै पुगेर भेटेको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2गठबन्धनले बिर्तामोडमा प्रचार अभियानलाई तीब्र बनायो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img