Homeसमाचार‘कृषिथोक बजारले स्थानीय सरकारलाई गिज्याइरहेको छ’

‘कृषिथोक बजारले स्थानीय सरकारलाई गिज्याइरहेको छ’

‘बजारको विकास रोके तर, स्टल राखिमाग्न बिर्सेनन्’

बिर्तामोड । कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेलले बिर्तामोड नगरपालिकाले कृषिथोक बजारलाई आफू मातहतमा ल्याएर राजनीतिक हस्तक्षेप गर्न खोजेको बताएका छन् । बजारभित्रको धुलो र फोहोर व्यवस्थापनमा चासो नदिएको बताउँदै चुनावी प्रचार प्रशारका क्रममा कृषिथोक बजार पुगेका गठबन्धनका उम्मेदवारहरुसंग प्रतिवद्धता खोजे । उनले भने–‘तपाईहरुले विजय प्राप्त गरे यसको व्यवस्थापनमा कस्तो भूमिका रहन्छ ?’ विगत ५ वर्षयता कृषिथोक बजारको संरक्षण, संवद्र्धन र विकासका लागि भएका प्रयासहरुबारे पनि सुनाए । यहाँको धुलो व्यवस्थापनका लागि नगरप्रमुख ध्रुवकुमार शिवाकोटीसँग आग्रह गर्दा कृषिथोक बजार नगरपालिका मातहतमा ल्याएर काम गर्ने र त्यो भन्दा अगाडी ठूला काम नगर्न भनेको भन्दै पौडेलले आक्रोश पोखे । ‘मेयरसँग यहाँको व्यवस्थापनका लागि कुरा गर्न जाँदा उहाँले अब नगरपालिकाले काम गर्छ तपाईहरु २/४ दिन चुप लागेर बस्नुस भन्नु भयो,’ उनले भने,–‘अन्तमा हेवन पार्क आएर माछा किन्न टाढा भयो हाम्रो स्टल राख्न ठाउँ चाँहि छुट्याइदिन भन्न चाँहि बिर्सनु भएन ।’
गत निर्वाचनको समयमा नेकपा एमालेका उम्मेदवारहरुले बाँडेका गुलिया प्रतिबद्धताका कारण आज आलोचित भएको बताइएको छ । बिर्तामोडस्थित कृषिथोक बजारलाई व्यवस्थित गरी सफा र दुर्गन्धरहित बनाउने प्रतिबद्धता गरेको एमालेले निर्वाचित भएपछि कृषिथोक बजारलाई वेवास्ता गरेको गठबन्धन दलका उम्मेदवारहरुले बताएका हुन् ।
आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि भएको चुनावी कोणसभामा बोल्दै गठबन्धनको तर्फबाट बिर्तामोड नगरपालिकाका उपप्रमुख पदका उम्मेदवार सिपी कडरियाले विगतको चुनावमा मीठा सपना बाँडेका वर्तमान जनप्रतिनिधीले चुनाव जित्ने बित्तिकै आफ्नो प्रतिबद्धता भुलेको आरोप लगाए । ‘कृषिथोक बजारले स्थानीय सरकारलाई गिज्याई रहेको छ,’ उनले भने,‘धुलो र हिलो रहित सफा बजार बनाउने प्रतिबद्धता जनाएका जनप्रतिनिधीको अगाडी अहिलेपनि फोहोरको डंगुर छ ।’ कृषिथोक बजारको व्यवस्थापनमा स्रोतको समस्या नभएर भिजनको समस्या भएको कडरियाले बताए । ‘अत्याधुनिक मेसिनको माध्यमबाट प्रशोधन गरेर यहाँको फोहोरलाई मोहरमा बदल्न सकिन्छ,’ उनले भने । फेरिपनि जनताले दुःख नपाउनका लागि भिजन भएका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे ।
अध्यक्ष पौडेलले उठाएका सवालहरुको जवाफ दिँदै गठबन्धनका तर्फबाट नगरप्रमुखका प्रत्यासी भोजराज सिटौलाले गठबन्धनको टिमले विजय प्राप्त गरे कृषिथोक बजारमा कुनै हस्तक्षेप हुन नदिने प्रतिबद्धता जनाए । उनले नगरपालिका र व्यवसायीबिच नङ र मासुको सुमधुर सम्बन्ध स्थापित गराउने बताए । वर्तमान सरकारले व्यवसायीहरुसँग समन्वय गर्न नसकेको भन्दै सिटौलाले गठबन्धनको टिमलाई जिताउन आग्रह गरे । गठबन्धनको टिमले विजय प्राप्त गरे आफूहरुसंधै व्यवसायीहरुको हक हितमा काम गर्ने प्रतिबद्धता दोहोर्याए ।
सिटौलाले एमालेहरुले गठबन्धनले सहज जित निकाल्ने देखेपछि मतदातामा चुनाव चिन्हको बिषयमा भ्रम सिर्जना गरेर गठबन्धनलाई कमजोर पार्ने कोसिस गरेको बताए । गठबन्धन संविधान रक्षा र प्रतिगमनका विरुद्ध आवश्यकता भएको बताउँदै सम्पूर्ण गठबन्धनको टिमलाई जिताउन आग्रह गरे ।
बिर्तामोड–५ का वडाध्यक्ष पदका उम्मेदवार रोहित प्रसाईले आफ्नो बुवा छँदा जस्तो थियो कृषिथोकको संरचना अहिलेपनि उस्तै रहेको बताए । आफुलाई वडाध्यक्षमा विजयी गराउन आग्रह गर्दै आफु वडाध्यक्ष भएको खण्डमा वडा कार्यालयको जग्गा व्यवस्थापन गरेर भवन बनाउने भन्दै व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘कृषिथोक बजारले स्थानीय सरकारलाई गिज्याइरहेको छ’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img