भद्रपुर १९ बैशाख । झापाको चन्द्रगढीमा एकदिने मतदाता सचेतना कार्यक्रम सम्पन्न भएको छ । मुना सामुदायिक भवन देवकोटा चौकमा सम्पन्न भद्रपुर ९ गठबन्धन समितिद्वारा सोमबार आयोजित कार्यक्रममा सहभागि मतदाताहरुलाई मतदान गर्ने बिषयमा सचेतना प्रदान गरिएको थियो । सचेतना कार्यक्रममा बोल्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गठबन्धनको व्यवस्थापनमा बिशेष ध्यान दिन आग्रह गर्दै गर्नुभयो ।
उहाँले गठबन्धन बलियो बनाएर टोलटोलमा मतदाता शिक्षा प्रदान गर्नुपर्नेमा समेत जोडदिनु भयो । गठबन्धन समिति संयोजक चेतनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक महासंघ भद्रपुर नगरसमिति अध्यक्ष गणेश गिरी लगायतले सहभागीहरुलाई नमुना पत्रमा मतदान गराएर मतदान विधिबारे जानकारी गराउनु भएको थियो ।
भद्रपुर ९ मा मतदान विधिबारे जानकारी

































































































