भद्रपुर १८ बैशाख । झापाको सदरमुकाम भद्रपुर १० चन्द्रगढी स्थित हनुमान चोकमा दिन दहाडै चोरी भएको छ । स्थानीय मोहन विडारीको घरमा आईतबार दिउसो ३:३० बजे चोरी हुँदा १ तोला सुन सहित नगद आठ हजार रुपैयाँ चोरी भएको छ ।
आफन्तको मरिमराउ भएको ठांउमा दिउसो ३ बजे आफुहरु निस्किएको र सोहि बेला चोरी भएको हुन सक्ने घर धनी विडारीले बताउनु भयो । घरको पश्चिम पटिको ढोका फोडी चोरी भएको हुन सक्ने प्रहरीको अनुसन्धानले जनाएको छ ।
पश्चिम तर्फको ढोका तोडेर घरमा भित्र पसी दराज फोरेर मंगल सुत्र, औठी , लगायतको एक तोला बराबरको सुन र दराज भित्र घरखर्च गर्न राखिएको नगद ८ हजार रुपैयाँ चोरी भएको घरधनी बिडारीले बताउनु भयो ।
सदरमुकाम जस्तो ठाउमा पटक पट दिनडाहाडै चोरी हुँदा पनि प्रहरीले खासै चासो नदेखाएको स्थानीयको गुनासो छ । विगत एक हप्तामा वीपी चोक स्थित किराना पसलमा चोरी भएको एक हप्ता नवित्दै घर चोरी हुनु प्रहरीको लापरवाही भएको स्थानीयहरुको आरोप छ ।
चन्द्रगढीमा दिनदहाडै घर फोरेर चोरी

































































































