मेचीनगर १८ बैशाख । स्थानीय तह निर्वाचन हुन अब १२ दिनमात्रै बाँकी छ । यसबेला राजनीतिक दलका नेता कार्यकर्ता एवं स्थानीय तहका उम्मेद्वार भोट माग्न घर–घरमा पुगेका छन् ।
झापाका १ सय ३१ वटै वडामा चुनाव प्रचार एवं घरदैलो कार्यक्रम तीब्र छ । यसै क्रममा मेचीनगर नगरपालिकामा गठबन्धन दलका तर्फबाट प्रमुख पदका उम्मेद्वार एवं नेपाली कांग्रेस १ नं क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी र उपप्रमुखका उम्मेद्वार प्रकाश भण्डारी, निर्वाचन परिचालन समितिका संयोजक सुवेशकुमार पनेरुसहितको टाली कृष्ण थुम्कीमा पुगेर घरदैलो अभियान शुरु गरेका छन् ।
गठबन्धनले आज मेचीनगर वडा नं–१ को कृष्णथुम्की र देवीगञ्ज र मेचीनगर ४ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी झापाको अर्जुनधारामा नगरप्रमुखका उम्मेद्वार रञ्जिता कार्की, उपमेयर जितेस योन्जनसहितको टोलीले अर्जुनधारा–५ का ओमचौक, मुसीचौक, बाँसबारी, पाण्डवपुर, पानीकल, विहिबारे बजार, कुशल चोकलगायतका टोलमा घरदैलो कार्यक्रम सम्पन्न भएको कार्यबाहक नगर सभापति प्रशान्त भण्डारीले जानकारी दिनुभयो ।
यसैगरी गठबन्धन दलका तर्फबाट नगर प्रमुखका उम्मेद्वार भोजराज सिटौला र उपप्रमुख सि।पी। कडरियासहित कांग्रेस–माओवादी कार्यकर्ताहरुको टोलीले विर्ताबजारको गोसलाइन, न्यौपाने गाउँ, सैनिक मोड पूर्व दक्षिण, बुद्धनगर टोल लगायतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
यसैगरी झापाको शिबसतासी नगरपालिकामा गठबन्धन दलको घोषणापत्र सार्बजनिक एवं चुनाबी सभा सम्पन्न भएको छ । शिबसतासीको दुधे बजारमा आयोजित कार्यक्रम नेपाली काङ्ग्रेस प्रदेश१ का अध्यक्ष उद्दब थापा, झापा सभापति देउमान थेबे, शिवसतासीमा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार पर्शुराम ढुंगाना, उप्रमुखसहित गठबन्धन दलका वडाध्यक्षका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।
घोषणापत्रमा नगर बिकासको दीर्घकालीन योजना, शिक्षा, स्वास्थ, सरसफाइसहित समग्र नगर बिकासका योजना समेटिएको छ ।
भोट माग्न घर घरमा कांग्रेस कार्यकर्ता

































































































