HomeFeatured 2निर्वाचन आचारसंहिता: मताधिकार नभएका बालबालिकाको प्रयोग गर्न र सामाजिक सञ्जालबाट भोट माग्न...

निर्वाचन आचारसंहिता: मताधिकार नभएका बालबालिकाको प्रयोग गर्न र सामाजिक सञ्जालबाट भोट माग्न पाईंदैन

झापा १४ बैशाख । १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई आचारसंहिता २०७८ ले चुनाव प्रचार–प्रशार प्रयोगमा रोक लगाएको छ । मतदान गर्न योग्य नभएका बालबालिकालाई निर्वाचन प्रचार–प्रशारमा पनि रोक लगाएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रतिनिधि तुलसी नेपालले जानकारी दिनुभयो ।
यसअघि अधिकतम कर्मचारी, प्रहरी, प्रशासनलाई लक्षित गरी ल्याइने गरेको निर्वाचन आचारसंहितामा अन्य क्षेत्रलाई पनि समेटेर जारी गरिएको निर्वाचन आचारसंहिता २०७८ अन्यमा पनि आकर्षित हुने देखिएको छ ।
विगतका निर्वाचनमा राजनीतिक दल र कर्मचारीप्रति लक्षित आचारसंहितामा कढाई गर्दै यो पटक राजनीतिक दल, उम्मेद्वार, सरकारी कर्मचारीसहित गैरसरकारी संस्थामा आवद्ध व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्ति, आमा समूहमा आवद्ध महिलाहरु, तथा विभिन्न संघ संस्थामा आवद्धले पनि निर्वाचन आचारसंहिता आकर्षित हुने नेपालको भनाई छ ।
यो पटक निर्वाचन खर्चिलो र भड्किलो नबनोस् भन्ने उद्देश्यले ल्याइएको निर्वाचन आचारसंहिताले चुनाव प्रचार–प्रशारको समय बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरेको छ ।
त्यस्तै सार्वजनिक स्थलमा मात्र निर्वाचन प्रचार–प्रशार गर्न पाइने उल्लेख गरेको आचारसंहिता अनुसार चुनावी प्रचार गरिने सार्वजनिक स्थलमा ७२ घण्टा अघि नै अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी घर–जग्गा धनीको स्वीकृति नलिई कसैको निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचार–प्रशार गर्न वा गराउन नहुने उल्लेख गरिएको छ ।
त्यस्तै राजनीतिक दल वा उम्मेद्वारको निर्वाचन चिन्ह अंकित, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको परिहन वा स्टीकर, लोगो, झोला, ब्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन, प्रयोग गर्न वा विक्री वितरण गर्न वा प्रदर्श गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ । आचारसंहिताले कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना र सामग्रीलाई निर्वाचनमा प्रभावित गर्ने उद्देश्यले तोडमोड गरी सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट गर्न नहुने व्यवस्था पनि गरेको छ । त्यस्तै, कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने सामग्रीलाई पनि रोक लगाइएको छ ।
उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने आचारसंहितामा भनिएको छ । सामाजिक सञ्जालभित्र आयोगले फेसबुकदेखि टिकटकसम्मलाई समावेश गरेको छ ।
सार्वजनिक स्थलमा दलका झण्डा, निर्वाचन चिह्न आदि टाँस्न र राख्न पनि रोक लगाइएको छ । निर्वाचन प्रचारका क्रममा गाडी र घोडाको प्रयोगमा पनि कडाइ गरिएको छ।
सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणमा ‘निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुई वटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय वा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चार वटा घोडा प्रयोग गर्न सक्ने’ उल्लेख छ । आचारसंहिता अनुसार २५ हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत कारोबार गर्नुपर्ने हुन्छ ।
आचारसंहिताको दफा १५ मा राजनीतिक दल तथा उमेदवारले निर्वाचन खर्च सम्बन्धी पालना गर्नुपर्ने आचरण अन्तर्गत यसलाई राखिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2निर्वाचन आचारसंहिता: मताधिकार नभएका बालबालिकाको प्रयोग गर्न र सामाजिक सञ्जालबाट भोट माग्न...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img