रेवतीराज घिमिरे
भद्रपुर १३ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि झापामा २ हजार ९ सय २७ जनाले विभिन्न राजनैतिक दलहरुबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउने राजनीतिक दलका उम्मेद्वारका साथै स्वतन्त्र पनि रहेका छन् ।
बैशाख ११ र १२ गते भएको मनोनयनपत्र दर्ता अनुसार भद्रपुर नगरपालिकामा ८ जना मेयर पद र ७ जना उपमेयर पद सहितका विभिन्न पदहरुमा २ सय ५४ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
भद्रपुरको १० वटै वडाबाट २ सय ५४ जना सहित झापाका १५ वटै स्थानीय तहहरुबाट २ हजार ९ सय २७ जनाले मनोनयन पत्र दर्ता गरेको बताइएको छ ।
देशकै सबै भन्दा पुरानो नगरपालिका भद्रपपुरमा मेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका गणेश पोखरेलको नेतृत्वमा र उपमेयरमा माओवादी केन्दका शिवकुमार राजभण्डारी सहितको गठबन्दनको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।
यसै गरि १० वटा वार्ड रहेको भद्रपुर नगरपालिकामा वडाध्यक्षमा ५७ जना , महिला वडा सदस्यमा ४० जना, खुल्ला वडा सदस्यमा ९५ जनासहित २ सय ५४ जनाले उम्मेदावरी दर्ता गराएका हुन ।
अन्य ससाना दलहरुबाट समेत उम्मेदवारी दर्ता रहे पनि कांग्रेस, माओवादी केन्द , एकिकृत समाजवादी सहितको गठबन्धन र नेकपाएमाले बीचनै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
भद्रपुर नगरपालिकामा एमालेबाट मेयर पदमा असारु राजबंशी, उप मेयरमा कौशिला अधिकारी ,राप्रपा बाट मेयरपदमा नवराज पनेरु उपमेयरमा राधा कार्की लगाएतका ससाना दलहरुले समेत मनोनयान दर्ता गरेका छन् ।
भद्रपुरमा मौलिक जरोकिलो पार्टी ,मंगोल नेशनल अर्गनाईजेशन , राष्ट्रिय जनमुत्ति पार्टी लगाएतका विभिन्न ९ राजनितक दलहरुले आआफना उम्मेदावरीहरुको मनोनयन पत्र दर्ता गराएको सहायक निर्वाचन अधिकृत गणेश पाण्डेले जानकारी दिनु भयो । उहाले झापाको मेची नगरपालिकामा सबैभन्दा बढी ३ सय ३६ जनाले मनोनयन पत्र दर्ता गरेको र सबै भन्दा कम हल्दिबारी गाउँपालिकामा १ सय १५ जना उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गरेको समेत बताउनु भयो ।
२ हजार ९ सय २७ जनाको मनोनयन
