HomeFeatured 2मेचीनगरको मेयरको उम्मेद्वारमा देउवाको हस्तक्षेप बुढाथोकीलाई आधिकारिक पत्र

मेचीनगरको मेयरको उम्मेद्वारमा देउवाको हस्तक्षेप बुढाथोकीलाई आधिकारिक पत्र

काँकरभिट्टा १२ बैशाख । नेपाली कांग्रेस झापामा आधिकारिक उमेदवारको विषयलाई लिएर विवाद भएको छ । जिल्लाको मेचीनगर नगरपालिकाको प्रमुखमा विश्वप्रकाश शर्मा पक्षले इन्द्र बुढाथोकीलाई अघि सारेको थियो भने कृष्ण सिटौला पक्षले केशवराज पाण्डेलाई अघि सारेको थियो ।
यो नगरापलिका महामन्त्री शर्माको गृह नगर हो । गृह नगरमै महामन्त्री शर्मा र पूर्वमहामन्त्री सिटौला पक्षबीच विवाद भएको हो । दुई पक्षको विवाद मिल्न नसकेपछि केन्द्रबाट सभापति शेरबहादुर देउवाले हस्तक्षेप गर्नुभएको छ । उहाँले शर्मा पक्षीय उमेदवार इन्द्र बुढाथोकीलाई आधिकारिकता दिँदै पत्र पठाउनु भएको छ।
पाण्डे झापा जिल्ला उपसभापति हुन् भने बुढाथोकी क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति हुन् । पार्टीको विधानअनुसार नगरको टिकट फाइनल गर्ने अधिकार प्रदेशलाई छ । तल्लो तहबाट विवाद मिलाउन नसकेपछि सभापति देउवाले हस्तक्षेप गर्नुभएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2मेचीनगरको मेयरको उम्मेद्वारमा देउवाको हस्तक्षेप बुढाथोकीलाई आधिकारिक पत्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img