Homeसमाचारकांग्रेस झापाले बल्ल टुङ्ग्यायो पालिकामा उम्मेद्वारको सूची (कुन पालिकामा को)

कांग्रेस झापाले बल्ल टुङ्ग्यायो पालिकामा उम्मेद्वारको सूची (कुन पालिकामा को)

झापा १२ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अन्तिम दिन आजमात्रै कांग्रेसले झापाका १५ वटा पालिकाका उम्मेद्वार टुङ्गो लगाएको छ ।
कांग्रेसका तर्फबाट भद्रपुर नगरपालिकामा गणेश पोखरेल, मेचीनगरमा इन्द्र बुढाथोकी, अर्जुनधारा नगरपालिकामा रञ्जीता कार्की, बिर्तामोड नगरपालिकामा भोजराज सिटौलालाई मेयरमा उम्मेद्वारको टुङ्गो लगाएको नेपाली कांग्रेस प्रदेश १ समितिले जनाएको छ ।
त्यसैगरी शिवसताक्षीमा पर्शुराम ढुङ्गाना, गौरादह नगरपालिकामा रोहितकुमार शाह, कनकाई नगरपालिकामा रुद्र चिमरिया, उपमेयर आशा शर्मा शिवाकोटीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
आठवटा नगरपालिका मध्ये दमक नगरपालिकामा भने राप्रपाका राम थापालाई सहयोग गर्ने तयारीमा रहेको कांग्रेसले उपमेयरमा कांग्रेसका तर्फबाट रेजिना भट्टराई प्रसाईलाई उम्मेद्वारको टिकट दिइएको बताइएको छ ।
त्यस्तै सातवटा गाउँपालिका अन्तरगत गौरीगञ्ज गाउपालिकाको प्रमुखका लागि फुलवती राजवंशीले टिकट पाउनु भएको छ भने कमलमा हुकुमसिं राई, झापा गाउँपालिकामा जयनारायण साह, बाह्रदशीमा खड्गसिं राजवंशी, हल्दिबारीमा तुलसी ओली, कचनकवलमा कालेन्द्रसिं राजवंशी र बुद्धशान्तिमा मनोज प्रसाईले पालिकाको प्रमुखका नेपाली कांग्रेसले उम्मेद्वार तय गरेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
कनकाई नगरपालिका र झापा गाउँपालिकामा कांग्रेसले पालिकाका प्रमुख तथा उपप्रमुख दुवैको उम्मेद्वारी दिने भएको छ भने अन्य पालिकामा उपप्रमुख सत्ता गठबन्धनभित्र रहेर चुनावी मोर्चामा पनि एकैठाउँमा उभिएको नेकपा माओवादी केन्द्रले पाएको छ ।
सत्ता साझेदार दलहरुसंग सहकार्य गर्ने वा सहकार्य हुन नसके स्वस्थ प्रतिष्पर्धा गर्ने सत्ता गठबन्धन दलहरुको नेतृत्व गरेको कांग्रेस आजमात्रै उम्मेद्वार टुङ्गो लगाएको हो । झापाका १५ वटा पालिकामध्ये १४ वटा पालिकाको प्रमुखमा कांग्रेसले उम्मेद्वारी दिने भएको छ भने सत्ता सहकार्यमा रहेको नेकपा माओवादी केन्द्रले १२ वटा पालिकामा उपप्रमुख पाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेस झापाले बल्ल टुङ्ग्यायो पालिकामा उम्मेद्वारको सूची (कुन पालिकामा को)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img