बाह्रदशी ११ बैशाख । बाह्रदशी गाउँपालिकाबाट महाधिवेशन प्रतिनिधिसहित एकै वडाका ५५ जना कांग्रेस कार्यकर्ताले सामुहिक राजीनामा दिएका छन् ।
स्थानीय तह निर्वाचनमा गठबन्धनका नाममा पार्टीलाई नै घात पुग्ने गरी गठबन्धन अघि बढाएको भन्दै पार्टीका पूर्व जिल्ला सचिव समेत रहेका महाधिवेशन प्रतिनिधि गोस्वामी र नस्रुला मुनादिनसहित क्षेत्रीय प्रतिनिधि तथा क्रियाशील सदस्यसहित ५५ जनाले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।
कांग्रेस झापा जिल्ला सभापतिलाई सम्बोधन गर्दै लेखेको सामुहिक राजीनामामा महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि, बाह्रदशी गाउँपालिका वडा नं. ४ का पार्टीका २ उपसभापति, २ वडासचिवद्वयसहित क्षेत्रीय प्रतिनिधि तथा क्रियाशील सदस्यले राजीनामा दिएको सामुहिक राजीनामा पत्रमा उल्लेख छ ।
बाह्रदशीमा ५५ जना कांग्रेस कार्यकर्ताले गरे सामुहिक राजीनामा

































































































