HomeFeatured 2स्थानीय निर्वाचन: आज भद्रपुरको प्रमुख र उपप्रमुखमा ३/३ जनाको मनोनयन दर्ता

स्थानीय निर्वाचन: आज भद्रपुरको प्रमुख र उपप्रमुखमा ३/३ जनाको मनोनयन दर्ता

भद्रपुर ११ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको पहिलो दिन आज भद्रपुर नगरपालिकामा ३ वटा दलले प्रमुख उपप्रमुख सहित उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता तालिका अनुसार नेकपा एमाले, मंगोल नेशनल अर्गनाइजेसन र मौलिक जरोकिलो पार्टीले प्रमुख उपप्रमुख सहितका पदमा उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेले भद्रपुर नगरपालिकाका लागि प्रमुख अशारू राजवंशीको नेतृत्वमा उपप्रमुखमा कौशिला अधिकारीसहित ५२ वटै पदमा उम्मेदवारी दर्ता गरेको छ ।
१० वटा वडा रहेको भद्रपुरमा वडा नम्वर १ को अध्यक्ष यामप्रसाद अधिकारी, २ को अध्यक्षमा भिमबहादुर सुब्बा, ३ को अध्यक्षमा कमला थुलुङ, ४ को वडाध्यक्षमा पूर्णबहादुर लिम्बू, ५ को अध्यक्षमा रेवतीरमण खनाल, ६ को वडाध्यक्षमा सहनलाल राजवंशी, ७ को वडाध्यक्षमा पोषराज पौडेल, ८ को वडाध्यक्षमा जगदिश जोशी, ९ को वडाध्यक्षमा रामप्रसाद दाहाल र १० को वडाध्यक्षमा टेकबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका हुन् ।
यस्तै मंगोल नेशनल अर्गनाइजेसन पार्टीले भद्रपुर नगर प्रमुखका लागि इन्द्रकुमार सुहाङ र उपप्रमुखका लागि यामकुमारी लिम्बूसहित ५ वडाका सबै पदमा उम्मेदवारी दर्ता गराएको छ । वडा नम्वर १ को वडाध्यक्षमा गोपाल तामाङ, २ को वडाध्यक्षमा महेन्द्रकुमार लिम्बू, ३ को वडाध्यक्षमा अम्बरबहादुर लिम्बू, ४ को वडाध्यक्षमा सुवास लिम्बू र ७ को वडाध्यक्षमा दिलकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी मौलिक जरोकिलो पार्टीले नगर प्रमुखमा चूडामणि अधिकारी र उपप्रमुखमा कृष्णदेवी चुडाललाई उम्मेदवारी दर्ता गराएको छ । सो दलले भद्रपुर १ का लागि वडाध्यक्ष देवीप्रसाद ओलीसहित सवै पदमा उम्मेदवारी दर्ता गराएको छ ।
यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा भद्रपुर १ बाट कपिलमणि खरेल र भद्रपुर ६ का लागि राजेश गुप्ताले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2स्थानीय निर्वाचन: आज भद्रपुरको प्रमुख र उपप्रमुखमा ३/३ जनाको मनोनयन दर्ता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img