Homeसमाचारस्थानीय तह निर्वाचन: मतदाता शिक्षाको व्यवस्थापन गर्ने प्रतिवद्धता

स्थानीय तह निर्वाचन: मतदाता शिक्षाको व्यवस्थापन गर्ने प्रतिवद्धता

बिर्तामोड ११ बैशाख । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन सफल बनाउन झापाका नागरिक समाज, अधिकारकर्मी, निजी क्षेत्र तथा विभिन्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।
संवाद समूह झापाको संयोजनमा आइतबार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित, विश्वसनीय, उत्साहजनक सहभागिता र व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोगी एवम् सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन् ।
छलफलमा सहभागीले ज्येष्ठ नागरिक, अपाङ्गता तथा असक्त मतदाता, महिलाका समस्याबारे अवगत गराएका थिए । नागरिक समाज, अधिकारकर्मी तथा निजी क्षेत्रले राखेका समस्यालाई सम्बोधन गर्दै झापाका सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने र जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले प्रतिबद्धता जनाएका छन् ।
जिल्ला प्रशासन तथा जिल्ला निर्वाचन कार्यालयका तर्फबाट हरेक मतदान केन्द्र, ज्येष्ठ नागरिक, अपाङ्गता, असक्त तथा महिला मतदातामैत्री बनाउने प्रतिबद्धता जनाइएको छ । त्यस्तै ज्येष्ठ नागरिक, अपाङ्गता भएका र असक्तहरुका लागि मतदानको दिन यातायातको व्यवस्थापन र उनीहरुलाई सहजरुपमा मतदान गर्ने व्यवस्था मिलाइनेसमेत प्रतिबद्धता जनाइएको छ ।
निर्वाचन कार्यालयको तर्फबाट हरेक मतदान केन्द्रमा आवश्यकता बमोजिम खानेपानी, शौचालय लगायतका आधारभूत संरचनाको व्यवस्थापन एवम् पायक पर्ने ठाउमा आकस्मिक औषधि उपचारको व्यवस्थापन समेत गरिने प्रतिबद्धता जनाइएको छ ।
आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य निकायका तल्लो इकाइसम्मलाई तयारी अवस्थामा राख्ने, रेडक्रस लगायतका निकायसंग सहकार्य गर्ने पनि जनाइएको छ ।
सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिले निर्वाचन आचारसंहितालाई पूर्णपालना गर्ने र अरुलाई पनि आचारसंहिता पालनामा खबरदार गर्दै अनुगमन कार्यलाई मर्यादित र प्रभावित बनाउने प्रतिबद्धता जनाए । त्यस्तै विभिन्न माध्यमबाट प्रदान गरिने मतदाता शिक्षा तथा निर्वाचन कार्यालयबाट स्थापना गरिने मतदाता शिक्षा सहायता कक्षलाई प्रभावकारी बनाउन सहयोगी र सहकार्यात्मक भूमिका निर्वाह गर्ने सहभागीको प्रतिबद्धता छ । मतादाता शिक्षा प्रभावकारी हुन नसकेको सहभागीको गुनासो सम्वोधन गर्दै जिल्ला निर्वाचन प्रमुख नेपालले त्यसबारे तत्काल आवश्यक व्यवस्थापन गर्ने बताए ।
त्यस्तै निर्वाचनका क्रममा कुनै समस्या उत्पन्न भए सरोकारवालाबीचको छलफल, संवाद र सहभागीबाट समाधानको पहल गर्ने निष्कर्ष निकालिएको छ ।
छलफलमा सहभागी वरिष्ठ अधिवक्त लीला उदासी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, नियोग झापाका संयोजक डा. रुपक खनाल, मानव अधिकार सञ्जाल झापाका संयोजक विष्णु खरेल, नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष हरिप्रसाद अधिकारी, गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य छविलाल खतिवडा र महासंघका झापा अध्यक्ष हरि गौतमले विभिन्न सुझाव राख्नुका साथै आफ्नो क्षेत्रबाट प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, अधिवक्ता कोपिला बस्नेत, इन्सेक झापाका प्रतिनिधि नरेश खाती, अपाङ्गता स्वावलम्वन संस्थाका तर्फबाट दिपक थापा र चन्द्र भट्टराई, नेत्रहीन संघ झापाकी अध्यक्ष सृजना बराल, नारी सञ्चार गृह झापाको तर्फबाट संस्थापक अध्यक्ष सावित्रा दाहाल, यौनिक र अल्पसंख्यकहरुका तर्फबाट लिड नेपालका हस्त मगर, नियोगका तर्फबाट मिरा भट्टराई, युवराज रिजाल लगायतले प्रतिबद्धता जनाएका छन् ।
सहायक प्रजिअ न्यौपानेले सहभागीका सुझाव र छलफलको निष्कर्षलाई कार्यान्वयन गर्ने जनाएका छन् । उनले निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा नजिकैको प्रहरी कार्यालय तथा जिल्लास्थित अनुगमन समितिलाई तत्काल सूचना उपलब्ध गराउन र आचारसंहिता पालनामा खबरदारी गर्न आग्रह गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख नेपालले निर्वाचनको तयारी लगायतका विषयमा जानकारी गराएका थिए । उनले नागरिक समाजकातर्फबाट आचारसंहिता कार्यान्वयनमा सशक्त खबरदारी भए निर्वाचन सफल बनाउन महत्वपूर्ण टेवा पुग्ने बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारस्थानीय तह निर्वाचन: मतदाता शिक्षाको व्यवस्थापन गर्ने प्रतिवद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img