HomeFeatured 2बिर्तामोड नगरपालिका जनप्रतिनिधिका ५ वर्षे अवधीमा कार्य विवरण सार्वजनिक

बिर्तामोड नगरपालिका जनप्रतिनिधिका ५ वर्षे अवधीमा कार्य विवरण सार्वजनिक

बिर्तामोड ९ बैशाख । विर्तामोड नगरपालिकामा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि ५ वर्षे कार्यकालमा नगरपालिकामा भएका कामको विवरण सार्वजनिक गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्न राजीनामा दिनु अघि शुक्रबार बिहान पत्रकार सम्मेलन गरी जनप्रतिनिधि भएपछि गरेका कामको विवरण सार्वजनिक गरिएको हो ।
अध्यक्ष ध्रुवकुमार शिवाकोटी ६५ देखि प्रतिशतको विषादीलाई घटाएर ३ देखि ४ प्रतिशतमा पुर्याएको, धुवा धुलो र पोलुसणमा न्युनिकरण, साईन्स सिटी निर्माणको प्रक्रियामा अघि बढेको बताउनु भयो । नगरमा भएका राम्रा कामका बारेमा सञ्चार माध्यमले नलेखेको टिप्पणी गर्दै मेयर शिवाकोटीले आफू नेतृत्वमा रहेको नगरभित्रको ५४ जना जनप्रतिनिधिको टिमले चिया, खाजा, पेट्रोल र सवारी साधन जस्ता कुनै पनि सुविधा नलिएको दावी गर्नुभयो । कार्यक्रममा बोल्दै मेयर शिवाकोटीले स्मार्ट सिटी बनाउन जनता स्मार्ट हुनुपर्नेमा जोड दिंदै विर्तामोड नगर अबको दुईदशक पछिसम्म पनि स्मार्ट बन्न असंभव रहेको बताउनु भयो ।
कमजोर अवस्थामा रहेका पुल पुलेसा, कल्भर्ट, बाटोको स्तरोन्नती हुनुका साथै धेरै बाटाहरु कालोपत्रे तथा पेभर्स जडित भएको जानकारी दिनुभयो । कमजोर अवस्थामा रहेका सामुदायिक विद्यालयहरूको व्यापक सुधार आउनुका साथै नगरका सबै वडामा आधारभूत स्वास्थ्य सेवा सहज रूपमा लिन सक्ने वातावरण निर्माण भएको, बताउनु भयो । कृषि क्षेत्रमा पनि कृषकलाई हौसला प्रदान गर्न सब्सिटीदेखि, ओैजार तथा विउविजन समेत वितरण गरिएको जानकारी दिंदै प्रसाईले जनता आवास कार्यक्रम, आर्थिक शसक्तीकरण, महिला शसक्तीकरण लगायतका कार्यक्रमहरु सफलता पूर्वक सम्पन्न गरेको बताउनु भयो । न्यायिक समितिमा आएका मुद्दाहरूमा कानून र परिधिभित्र रहेर विवेकपूर्ण तरिकाले न्याय सम्पादन गरेको उहाँको भनाई थियो ।
कार्यक्रममा सिमित श्रोत साधनबाट असिमित अपेक्षा पूरा गर्ने क्रममा भएका कमी कमजोरीलाई मानवीय स्वाभाव र गतिशिलता र विकास निर्माणप्रतिको निरन्तरता भएको उल्लेख गर्दै अपेक्षाकृत काम गर्न नसकेको कुरालाई स्वाभाविक रूपमा लिन आग्रह आग्रह समेत गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन जय तिम्सिनाले गर्नुभएको थियो । मेयर शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष अग्नी सापकोटा, २ का नगेन्द्र संग्रौला, ४ का कुलप्रसाद संग्रौला, ५ का राजेन्द्रप्रसाद लिङ्देन, ६ का सूर्यप्रसाद कन्दङ्वा, वडा नं. ९ का पवित्रा पाठक लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोड नगरपालिका जनप्रतिनिधिका ५ वर्षे अवधीमा कार्य विवरण सार्वजनिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img