बिर्तामोड ९ बैशाख । आसन्न स्थानीय निर्वाचनको तयारीका लागि उपमेयरसहित बिर्तामोड नगरपालिकाका २८ जना जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बैशाख ११ गते मनोनयन दर्ता गर्नुअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको नियमानुसार विर्तामोड नगरपालिकाका २८ जना जनप्रतिनिधिले शुक्रवार राजीनामा दिएका छन् । जनप्रतिनिधिले नगरप्रमुख ध्रुवकुमार शिवाकोटीसमक्ष राजीनामा बुझाएका थिए । नगरप्रमुख समक्ष बुझाएका राजीनामा शुक्रबारैस्वीकृत भएको जनाइएको छ ।
राजीनामा दिनेहरुमा उपमेयर पवित्रा महतारा प्रसाई , वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे , सदस्यहरु प्रेमकुमार खरेल , यमुना आचार्य , कमला महरा , वडा नं २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला , सदस्य किशोर पौडेल , वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौला , सदस्य पूर्णप्रसाद राजवंशी , वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला , सदस्यहरु राहुल शर्मा , निर्मला सोनार , कविता डाँगी , वडा न. ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन , वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, सदस्यहरु पवित्रादेवी कोइराला, शोभा विक , वडा नं ८ का वडाध्यक्ष अजय कार्की , सदस्यहरु लक्ष्मी नेपाली , इन्दिरा पाण्डे , गंगालाल राजवंशी , वडा नं ९ का वडा सदस्यहरु हरि चौलागाई , संगीता शिवा रहेका छन् ।
त्यस्तै वडाका सबै जनप्रतिनिधिले राजीनामा दिएसंगै विर्तामोड नगरपालिका वडा नं.–१० जनप्रतिनिधि विहिन भएको छ । वडा नं १० का वडाध्यक्ष दुर्योधन गुरुङ, सदस्यहरु अर्जुन सिटौला, भक्तसिंह राजवंशी, गीता घिमिरे र दिपिका शिवा सबैले राजीनामा दिएपछि शुक्रबारबाटै वडा कार्यालय जनप्रतिनिधि विहिन बनेको हो ।
उपमेयरसहित बिर्तामोडका २८ जनप्रतिनिधिको राजीनामा, वडा नंं.१० जनप्रतिनिधि विहिन

































































































