झापा ९ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा राजनीतिक दलहरुमा नेता तथा कार्यकर्ताको असन्तुष्टि बढ्दै गएको छ । नेतृत्वको कार्यशैली र नजिकिंदो स्थानीय तहको टिकट वितरणको विषयलाई लिएर गाउँ तथा नगरतहका नेता तथा कार्यकर्ताबीच असन्तुष्टि बढेको हो ।
सोही कारण झापाको गौरीगञ्जका घनश्याम रिजालले पार्टी परित्यागको घोषणा गरेका छन् भने कनकाई नगरपालिकाका नेता रमेश श्रेष्ठ कांग्रेस छोडेर राप्रपामा प्रवेश गरेका छन् । केही दिन अघि नेकपा एमालेका नेता मेचीनगर निवासी डिल्ली घिमिरेले रुँदै रुँदै पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गर्नुभएको थियो । त्यस्तै एकीकृत समाजवादी पार्टीमा निकै महत्वका साथ हेरिएका केन्द्रीय सदस्य लोकबन्धु कन्दङ्वासहितका नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका थिए । एकीकृत समाजवादी गठन हुनुपूर्व नेकपा एमालेमा रहेका कन्दङ्वाले पार्टीले स्पष्ट भिजन ल्याएर दिशा निर्धारण गर्न नसकेको भन्दै समाजवादी परित्याग गरेको घोषणा गरेका थिए ।
कांग्रेस छोडेर राप्रपामा गएका कनकाईका श्रेष्ठ २०७४ सालमा नै कनकाई नगरपालिकाको मेयर पदका लागि दावेदार थिए । पार्टीले टिकट नदिएपछि उनी निकै असन्तुष्ट थिए ।
गौरीगञ्जका रिजाल पनि २०७४ सालमै गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष पदका दावेदार रहेका थिए । त्यही असन्तुष्टि बढ्दै गर्दा यो पटक पनि टिकट नपाउने संकेत बुझेपछि रिजालले पार्टी परित्याग गरेको बुझिएको छ ।
त्यसैगरी केही दिन अधि एमाले परित्याग गरेका डिल्ली घिमिरेले पनि स्थानीय तहमो टिकटको विषयप्रति असन्तुष्टिकै कारण पार्टी परित्याग गरेको उल्लेख गरेका थिए । स्वतन्त्र नागरिकको रुपमा बस्ने बताएका उनले पार्टीभित्र लोभी, पापीको गुट हावी हुँदै गएको भन्दै आफ्नो असन्तुष्टि बढेको बताएका थिए । पार्टीमा इममान्दारीपूर्वक आफ्नो पार्टी, श्रमजीविवर्गको मुक्ति र सामाजिक राजनैतिक परिवर्तनको अभियानमा क्रियाशील हुँदैं २०४९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकोतर्फबाट काँकरभिट्टा गाविसको अध्यक्ष रहेर सफलतापूर्वक कार्य सम्पादन गर्नुभएको थियो । पार्टीमा रहेर श्रमजीवि र सर्वहारावर्गलाई धोका दिन आफ्नो अन्तरमनले नमानेका कारण पार्टी परित्याग गरेर नेकपा एमालेका सबै जिम्मेवारीबाट मुक्त भएर स्वतन्त्र नागरिकका रुपमा बस्ने प्रतिक्रिया दिनुभएको थियो ।
विभिन्न पार्टीमा भएको यो गतिविधिले कनकाई कांग्रेसलाई समेत छोएको छ । पाँच वर्ष अघिको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस कनकाईबाट मेयरको लाइनमा उभिएका कांग्रेस नेता रमेश श्रेष्ठले आसन्न निर्वाचनको संघारमा पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका छन् । यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट कनकाई नगरको मेयर पदकालागि सर्वाधिक चर्चा कमाएका श्रेष्ठलाई पार्टीले टिकट नदिएपछि नेतृत्वप्रति असन्तुष्टी जनाउँदै आएका थिए ।
कांग्रेस नेता श्रेष्ठलाई राप्रपाका केन्द्रिय सदस्य भक्ति सिटौला र जिल्ला अध्यक्ष केशव ओझाले राप्रपाको पार्टी सदस्यता प्रदान गरेका हुन् । राप्रपामा प्रवेश गर्दै नेता श्रेष्ठले कांग्रेसमा भएको झुटको राजनीतिमा आँफू शिकार बनेको बताउँदै आसन्न निर्वाचनमा खुट्टा कमाउँदै अघि बढेको कांग्रेसलाई अब न्यायप्रेमी जनताले चाँडै फैसला गरिदिने बताउनु भयो । जीवनको उर्जाशिल समय कांग्रेसका ठेकेदारहरुले बरबाद गरिदिएको टिप्पणी गर्दै नेता श्रेष्ठले कांग्रेस पार्टीमा राजनीतिका नाममा हुने गरेको अराजक गतिविधिले समाजलाई अँध्यारो दिशा तर्फ धकेल्ने धारणा राख्नुभयो ।
असन्तुष्टि बढेसंगै कांग्रेस एमाले परित्याग गर्दै नेताहरु

































































































