Homeसमाचारपार्टीबाट गाउँपालिका अध्यक्षमा सिफारिस गरिएका कँडेलले लिए नाम फिर्ता

पार्टीबाट गाउँपालिका अध्यक्षमा सिफारिस गरिएका कँडेलले लिए नाम फिर्ता

कनकाई ९ झापा । स्थानीय तह निर्वाचन नजिकिएसँगै आकांक्षीहरुको ब्यवस्थापन राजनीतिक दलका लागि चुनौतिपूर्ण छ । पार्टीमा बर्षौदेखि काम गरेकाहरुले नेतृत्वको आकांक्षा राख्नु सामान्य नै हो । तर ‘स्व मूल्याङ्कन’ नगरी नेतृत्वको आकांक्षा राख्ने र ‘मैले पाए ठिक, नपाए बेठिक’ भन्ने प्रवृत्ति धेरैमा देखिन्छ । बैशाख ११ र १२ का लागि उम्मेद्वारी मनोनयनको समय नजिकिएसँगै दलहरुलाई आकांक्षी ब्यवस्थापन गरेर आफ्ना मतदाता सुरक्षित राख्न ठूलो चुनौति छ ।
अधिकांश राजनीतिक दलले वडा एवं स्थानीय पालिकाबाट सहमति भए आ–आफ्नो दलबाट एकजना, सहमति नभए एक महिलासहित तीनजनाको नाम सिफारिस गर्ने जिम्मेवारी स्थानीय पालिकालाई नै सुम्पिएका छन् । कतिपय स्थानमा आकांक्षीहरु बीचमा कुरा नमिल्दा तीनभन्दा बढीको नाम सिफारिस भएको राजनीतिक दलले जनाएका छन् ।
यही बेला युवा राजनीतिकर्मी शिवकुमार कँडेलले भने आफ्नो उम्मेद्वारी फिर्ता लिएर ‘राजनीति सत्ता र शक्ति प्राप्ति मात्रै होइन त्याग पनि हो’ भन्ने कुरा प्रमाणित गरेका छन् । उनी झापा जिल्लाको झापा गाउँपालिकाबाट अध्यक्ष पदका लागि सिफारिसमा परेका थिए । उनीसँगै नेपाली कांग्रेस झापा गाउँपालिकाले अध्यक्ष पदका लागि बहालवाला गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस क्षेत्र नं–४ का क्षेत्रीय सभापति जयनारायण शाह र गाउँपालिका सभापति सागीरथ गणेश सिफारिसमा परेका थिए ।
जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वलाई पार्टीभित्रको शक्ति सन्तुलन र आकांक्षीको मनोभावनालाई मिलाउन अप्ठेरो परिरहेका बेला कडेंलले उम्मेदवारी फिर्ता लिएर पार्टी नेतृत्वलाई सहजता प्रदान गरेका छन् । उनी सम्भवतः मुलुकमै पहिलो ब्यक्ति हुन्–जसले सिफारिसमा परेर नाम फिर्ता लेओस् ।
‘लोकतन्त्रमा विश्वास गर्नेले पद लिन मात्र होइन, त्याग गर्न र दिन पनि सक्नुपर्छ’–उनले भने–‘जेसीज र रोटरी अभियानले आफूलाई अरुको सम्मान प्राप्त गर्न अरुलाई सम्मान गर्न पनि सक्नुपर्ने महान विचार दिएकाले सोही अनुरूप मैले पार्टीको हितमा, जनताको हितमा र समग्र कार्यकर्ताको एकतामा बल पुगोस् भनी उम्मेदवारी फिर्ता लिएको हुँ ।’ आफूभन्दा अनुभवी र अगुवालाई समर्थन गर्दै पार्टीको जीत सुनिश्चित गर्न उम्मेदवारी फिर्ता लिएको कँडेलले बताए ।
नेपाली कांग्रेस झापा गाउँ समितिले आफूलाई योग्य सम्झी अध्यक्ष पदमा सिफारिस गरेकोमा गाउँ समिति लगायत समस्त कांग्रेसी नेता तथा कार्यकर्ताप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
सिफारिसमा परेका सबै आकांक्षीहरू निर्णयको व्यग्र प्रतीक्षामा बसिरहेका अवस्थामा कडेंलले झापामा र सम्भवतः मुलुकमै पहिलो पटक नेपाली कांग्रेसभित्र यति ठूलो त्याग देखाएका छन् ।
विद्यार्थी जीवनमा २०४८ साल देखि नेपाली कांग्रेसमा प्रवेश गरेका उनी नेपाल विद्यार्थी संघ शिवगञ्ज माविको सभापति हुँदै क्षेत्र जिल्ला ने वि संघ सचिव भएर नेकाको पार्टी राजनीतिमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसको ११ औ माहाधिवेशनदेखि निरन्तर क्षेत्रीय प्रतिनिधि हुँदै उनले झापा क्षेत्र नं। ४ को सचिव भई राजनीतिक जीवन अघि बढाइरहेका छन् । हाल नेकाको क्षेत्रीय प्रतिनिधि रहेका कडेंलले २०४९ सालमा विद्यार्थी हकहितका लागि शैक्षिक आन्दोलन गर्दा केही दिन बन्दी जीवन बिताएका थिए । जेसीज र रोटरी क्लबको अभियानमा पनि जोडिएका कडेंल विभिन्न सहकारी तथा वित्तीय संस्थामा आबद्ध रहेका छन् । निम्न मध्यम वर्गीय परिवारको खेतीकिसानी पृष्ठभूमिबाट राजनीतिमा उदाएका कडेंल राजनीतिका साथै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रियताका साथ क्रियाशील रहेका छन् । निरन्तर राजनीतिक तथा सामाजिक क्षेत्रमा इमान्दारीका साथ लागीरहने उनले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपार्टीबाट गाउँपालिका अध्यक्षमा सिफारिस गरिएका कँडेलले लिए नाम फिर्ता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img