भद्रपुर ८ बैशाख । बजारमा गुणस्तहीन खाद्य सामग्री विक्री वितरण भइरहे पनि नियामक निकाय मौन रहेको उपभोक्ताको गुनासो आइरहेका बेला अग्रिम कम्पनीद्वारा उत्पादित चक्की आटामा प्लाष्टिक मिसिएको पाइएको छ ।
भद्रपुर १० चन्द्रगढीस्थित हनुमान चोक निवासी एक उपभोक्ताले रोटी बनाएर खानका लागि ३ दिन अघि किनेर लगेको आटामा प्लाष्टिक भेटिएको आफ्नो नाम नबताउने शर्तमा ती उपभोक्ताले बताएका छन् । चन्द्रगढी स्थित बीपी चोक भन्षमोडको मनोज भट्टराईले संचालन गरेको रिवाज किनारा पसलबाट किनेर लगेको उक्त आटा मुछ्दा प्लाष्टिक भेटिएको बताइएको छ ।
रोटी बेल्दा आफुलाई शंका लागेर पिठोमा जति बेल्यो त्यति प्लाष्टिक देखिएपछि धारामा लगेर पखाल्दा समेत पिठोको मात्रा पखालिएको र प्लाष्टिक भने जस्ताको तस्तै रहेको उपभोक्ता विमला ढकालले बताउनु भयो ।
१ सय २५ रुपैयाँमा २ किलोको आटाको प्याकेट किनेर ल्याएको र पिठोमा प्लाष्टिक भेटिए पछि उक्त पिठो फिर्ता गरेको ढकालले जानकारी दिनुभयो ।
यत्ता विक्रेता भट्टराइले भने चोकर ननिकालेको गहुंबाट पिसिएको आटा त्यस्तो हुने भन्दै यस बारेमा आफुलाई अन्य कुरा नसोध्न भन्दै पन्सिएका छन् ।
नियमनकारी निकायको बेवास्ताका कारण दैनिक जस्तो सर्बसाधारण उपभोक्ताहरु अखाद्य सामग्री खरिद गरि उपभोग गर्न बाध्य हनु परेको स्थानीयहरुको गुनासो छ ।
उनीहरुले सरोकारवालाहरुको अनुगमन आवश्यक रहेको बताउदै यस्ता कम्पनी तथा विक्री वितरण गर्ने ठग व्यापारीहरुलाइृ समेत कडाभन्दा कडा कारवाही गरिनु पर्नेमा जोडदिनु भएका छन् ।
खाद्य सामग्रीमा व्यापारीहरुबाट हुने गरेको ठगी कार्यलाई सरोकारवाला कुनै निकायले पनि नसुन्दा आम उपभोक्ता ठगिनुका साथै उपभोक्ताको स्वास्थ्यमा समेत खेलवाड हुने गरेको छ ।
चक्की आटामा प्लाष्टिक भेटियो

































































































