Homeसमाचारमुख्य निर्वाचन कार्यालय स्थापना

मुख्य निर्वाचन कार्यालय स्थापना

रेवतीराज घिमिरे
भद्रपुर ८ चैत ।
आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनका लागि झापा लगायतका देशभरका ७७ वटै जिल्लाका ७५३ वटै स्थानीय तहहरुमा एकसाथ मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरिएको छ ।
झापाको सदरमुकाम चन्द्रगढीस्थित शिक्षा समन्वय समितिको कार्यलयलाई मुख्य निर्वाचन अधिकृतको कार्यलयको रुपमा रहने गरी झापाका १५ वटै स्थानीय तहहरुमा विहिवार आयोजित कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरिएको हो ।
झापा जिल्ला अदालतका जिल्ला न्यायधिश गिरीराज गौतमले मुख्य कार्यलय स्थापना गरिएको बोर्ड वाचन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यलयको उद्घाटन गर्नु भएको थियो ।
मुख्य निर्वाचन अधिकृत समेत रहनु भएका गौतमले कार्यालयको उद्घाटन गर्दै निर्वाचन सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।
उहाँले निर्वाचनलाई स्वतन्त्र ,शान्तिपुर्ण र निश्पक्ष सम्पन्न गर्न जिल्लाका सुरक्षाकर्मी , प्रशासन , नागरिक समाज , राजनितिक दल लगायतका सरोकारवाला निकायले सहयोग गर्न आग्रह गर्दै राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता अनिवार्य पालना गर्नुपर्ने बतउनु भयो ।
गौतमले झापाका १५ वटै स्थानीय तहरुमा निर्वाचन सामग्री पुगि सकेको बताउदै यहि १२ गते देखि उम्मेदवार मनोनयन, उजुरी लगायतका सबै प्रकृयाहरु पुरा गरी १७ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने योजना रहेको बताउनु भयो ।
मुख्य निर्वाचन अधिकृत गौतमले निर्वाचन आचारसंहिता कडाईका साथ लागु गरिने समेत स्पष्ट पार्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी छवि रिजालले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासन कठिबद्ध भएर लाग्ने बताउनु भयो ।
गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन निर्वाचन कार्यलय झापाका कार्यालय प्रमुख तुलसी नेपालले गर्नु भएको थियो भने स्वागत सहित औचित्यमाथि सहायक निर्वाचन अधिकृत गणेश पाण्डेले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा ४ वटै सुरक्षा निकायका प्रमुख राजनीतिक दलका प्रमुख प्रतिनिधिहरु सञ्चारकर्मी, कार्यालय प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमुख्य निर्वाचन कार्यालय स्थापना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img