Homeसमाचारॐकार कीर्तन मण्डलीकाे बार्षिकाेत्सवमा विविध कार्यक्रम

ॐकार कीर्तन मण्डलीकाे बार्षिकाेत्सवमा विविध कार्यक्रम

कालीस्थान १ बैशाख । जलकन्या कीर्तन मण्डली एवं ॐकार कीर्तन मण्ड्लीले आफ्नो बार्षिक उत्सबको अवसर पारेर विभिन्न कार्यक्रम सप्पन्न गरेको छ ।
अर्जुनधारा- १० स्थित जलकन्या मन्दिर परिसरमा बुधबार साझ आयोजित कार्यक्रममा कालिकापीठका आचार्य एवं कार्यक्रमका प्रमुख अतिथी आचार्य रघुनाथ रिजालले आत्मा जागरुक भएर भगवानको सन्कीर्तन गर्नाले जानी- नजानी गरिएका पापकर्मबाट मोक्ष प्राप्त हुने धारणा राख्नुभयो ।
कार्यक्रममा मन्दिरको संरक्षण एव बिकासमा सहयोग पुर्याउने चन्द्रशेखर दाहाललाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । दाहाललाई प्रमुख अतिथि रिजालले सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो ।
यसैगरी स्थानीय पदम तामाङ्लाइ अन्नदानद्वारा अतिथि सन्तबिर बुढाथोकी र मैतिदेबी तामाङलाई बस्त्रदानद्वारा अतिथी इन्दु पुर्बेलीले सम्मान गर्नुभयो ।
पन्चकन्या कीर्तन मण्डली, लक्ष्मीनारायण कीर्तन मण्डली, आनन्दपोखरी कीर्तन मण्डली, भद्रकाली कीर्तन मण्डली श्रीहरी कीर्तन मण्डली, श्री नारायण कीर्तन मण्डली, कालिका कीर्तन मण्डली सुधासागर कीर्तन मण्डली, भुवनेश्वर कीर्तन मण्डली लगायतले भजन कीर्तन एवं धार्मिक झाकी प्रस्तुत गरेका थिए ।
तीमध्ये राम बस्नेतबाट डडिया नृत्यलाई र प्रश्नोतर कार्यक्रमका बिजयीलाइ शिवप्रसाद अधिकारीले पुरस्कार प्रदान गर्नुभयो । प्रस्नोत्तरमा धनमाया भण्डारी र के बि कडरिया बिजयी हुनुभएको थियो ।
देबिमाया बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन रुद्र खतिवडाले गर्नुभएको थियो । कार्यक्रममा जलकन्या कीर्तन मण्ड्ली परिवारले ताण्डव नृत्य प्रस्तुत गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारॐकार कीर्तन मण्डलीकाे बार्षिकाेत्सवमा विविध कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img