रेवतीराज घिमिरे
भद्रपुर १ बैशाख । लिखत पारित सम्बन्धि कानुन बनेर पारित भएको सयबर्ष पुगेको सन्र्दभमा भुमी व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार देशका भरिका १ सय २६ वटै भुमी सुधार तथा मालपोत कार्यलयहरुले लिखत पारितको सतबार्षिकी मनाएका छन् । सतबार्षिकी मनाउने क्रममा बिहिवार अन्तरक्रिया सम्पन्न भएको छ ।
बुधबार सरसफाई तथा दिपावली लगायतका कार्यक्रम गरेको कार्यालयहरुले बैशाख १ गते अन्तरकृया गर्दै २ गते बैशाख प्रथम सेवाग्राहीको सम्मान सहित ३ नै दिन साँझ दिपावली गरेर सतबार्षिकी समापन गर्ने तयारी रहेको छ ।
विक्रम सम्बत १९७८ साल चैत्र ३० गते पोता रजिष्टे«शनबाट सुरुवात गर्दै १९७९ बैशाख १ गते तत्कालिन शासकहरुले लिखतमा परिणत गर्दै सोहि लिखतको आधारमा जगा जमिन किनबेच लगायतका कारोवारहरु लिखत मार्फत गरिने गरिएको छ ।
यसै सन्र्दभमा मालपोत कार्यालय भद्रपुर झापाको जिल्ला कार्यक्रम कार्यान्वयन समितिको आयोजनामा कार्यालय परिषरमा आयोजित सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यालय प्रमुख योगेन्द्र दुलालको अध्यक्षता तथा जिल्ला न्यायधिस शंकर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने सरोकारवाल सहभागीहरुले लिखतलाई थप सरल र सेवामुखी बनाइनु पर्नेमा जोड दिनुभयो ।
मालपोत अधिकृत गणेश भेट्वालको संचालनमा सम्पन्न कार्यक्रममा लेखापढी व्यवसायी केन्द्रिय उपाध्यक्ष युवराज कार्की, नेपाल बार एसोसिएसन झापा कार्यसमिति सदस्य चेतनाथ आचार्य, भद्रपुर नगरपालिका निमित कार्यालय प्रमुख खेम प्रसाई, नापी अधिकृत रुपेश श्रेष्ठ, लेखापढी व्यवसायी एसोसिएसन भद्रपुर अध्यक्ष लोकनाथ भट्टराई लगायतले बोल्दै लिखतलाई जनसेवा मुखी बनाइनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको स्वागत मन्तव्य मालपोत अधिकृत दिपेन्द्र खत्रीले गर्नु भएको थियो ।
लिखत पारित भएको स्मरणमा शतबार्षिकी मनाउँदै मालपोत

































































































