HomeFeatured 2चुनाव जित्न गठबन्धन फराकिलो बनाइँदै

चुनाव जित्न गठबन्धन फराकिलो बनाइँदै

बिर्तामोड २९ चैत । झापामा रहेका सत्तारुढ गठबन्धन दलका नेताहरुको आज बिर्तामोडमा बसेको बैठकले प्रतिगमन विरुद्ध रहेका अन्य दलहरुसंग स्थानीय स्तरबाट नै गठबन्धन फराकिलो र बलियो बनाउने निर्णय गरेको छ ।
बैठकले जिल्लाका कतिपय पालिकाका वडाहरुमा गठबन्धनका उम्मेद्वारहरुको तालमेलमा सहमति भएको र सहमति हुन बाँकी रहेका स्थानहरुमा गठबन्धन दलको जिल्ला नेतृत्वले सहजीकरण गरेर तालमेललाई निष्कर्षमा पु¥याउने भएको छ ।
बैठक पाँच दलीय गठबन्धनको केन्द्रीय निर्देशन अनुसार झापाका स्थानीय तहमा हुने निर्वाचनमा प्रतिगमनकारीलाई परास्त गर्ने विषयमा बैठकमा घनिभूत र महत्वपूर्ण छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेस झापाका सचिव कष्ण हुमागाईले बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति देउकुमार थेवेको सभापतित्वमा भएको गठबन्धन दलको बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामी सन्देश, संविधानसभा सदस्य मोहन टुडु, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, माओवादी केन्द्र प्रदेश कमिटी सचिवालय सदस्य सीपी कडरिया, माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य अग्नि, जनता माजवादी पार्टी झापाका अध्यक्ष दिपेनवाला राई लगायतको सहभागीता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चुनाव जित्न गठबन्धन फराकिलो बनाइँदै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img