Homeसमाचारनिर्वाचन लक्षित झापाका दलहरुको प्रतिबद्धता

निर्वाचन लक्षित झापाका दलहरुको प्रतिबद्धता

बिर्तामोड २९ चैत । स्थानीय तहको आसन्न निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक जनसहभागिता र व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने झापाका राजनीतिक दलहरुको तर्फबाट प्रतिबद्धता व्यक्त गरिएको छ । दलका नेताहरुले निर्वाचनलाई शान्तिपूर्ण र प्रचारप्रसारलाई मितब्ययी बनाउने समेत प्रतिबद्धता जनाएका छन् ।
संवाद समूह झापाको संयोजनमा मंगलबार बिर्तामोड भएको झापाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु बीचको बैठकमा स्थानीय तह निर्वाचनलाई सफल बनाउनका लागि दलहरुले खेल्नुपर्ने भूमिकाका बारेमा विस्तृत छलफल भएको थियो ।
२०७९ बैशाख ३० का लागि घोषित स्थानीय तहको निर्वाचनलाई सफल बनाउन दलहरुको भूमिका कस्तो हुन्छ र प्रतिवद्धता के छ भन्ने बारे भएको छलफलमा सहभागी १२ वटा दलका प्रमुख तथा प्रतिनिधिले विभिन्न सात बुँदे साझा प्रतिबद्धता घोषणा गरेका छन् । छलफलमा निर्वाचनका लागि घोषणापत्र तयारीबारे दलका नेताहरुले जानकारी गराएका थिए भने समेटिनुपर्ने विषयबारे प्रतिबद्धता जनाएका हुन् ।
नेकपा एमाले झापा अध्यक्ष तथा संविधानसभा सदस्य दिपक कार्की, नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, नेकपा माओबादी केन्द्र झापाका संयोजक अग्नि आचार्य, नेकपा एकीकृत समाजवादी झापाका जिल्ला सदस्य श्री सिटौला, जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेन वाला राईले निर्वाचन आचारसंहिता पूर्ण पालनामा प्रतिबद्धतासहित आफ्नो धारणा राखेका थिए ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी झापाका अध्यक्ष अनुतसिंह राजवंशी, राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझा, नेकपा मालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री खगेन्द्र प्रसाई, राप्रपा नेपाल झापा अध्यक्ष कमलप्रसाद खरेल, विवेकशील साझा पार्टी झापाका संयोजक मेदनी प्रसाईं, राष्ट्रिय जनमुक्ति पार्टी झापाका अध्यक्ष पर्शुराम मगर र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च झापाका अध्यक्ष नगेन राईले आफ्नो धारणासहित प्रतिबद्धता व्यक्त गरेका छन् ।
साना दलका प्रतिनिधिहरुले ठूला दलले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने र निर्वाचन प्रचारलाई खर्चिलो बनाउने गरेको गुनासो गरेका थिए । मुख्य दलका नेताहरुले निर्वाचन आचारसंहिता उल्लंघन गर्न कसैलाई छुट नहुने भन्दै पूर्ण पालना गर्ने बताए ।
एमाले झापाका अध्यक्ष कार्कीले निर्वाचन आचारसंहिताप्रति आफ्नो पार्टी सचेत र प्रतिबद्ध रहेको बताउँदै नेतृत्वबाट आचारसंहिता उल्लंघन नहुने बताए । उनले कहीँकतै उल्लंघन भएको पाइएमा तत्काल पार्टी नेतृत्वलाई सूचित गर्न समेत आग्रह गरे । कार्कीले वर्तमान शासन प्रणालीप्रति आमनागरिकमा अपनत्वको अनुभूति हुन नसकेको भन्दै दलहरुले त्यसतर्फ ध्यान दिनुपर्ने र अहिलेको व्यवस्था नागरिकको व्यवस्था भएको बुझाउनुपर्नेमा जोड दिए । उनले सबै दलहरु एकजुट भएर संघीयता जोगाउनुपर्ने र चुनावको खर्च बचाउनुपर्नेमा ध्यान दिन आग्रह गरे । योग्यता पुगेका निम्न वर्गका नागरिक पनि नेतृत्वमा पुग्ने र संघीयताको पूर्ण कार्यान्वयनको एकमात्र उपाय समानुपातिक प्रणाली भएको बताए ।
कांग्रेस झापाका सभापति थेवेले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आफ्नो पार्टीले सबै दलसँग सहकार्यात्मक ढंगले भूमिका निर्वाह गर्ने बताए । आफ्नो पार्टीको घोषणापत्रमा पूरा गर्न सक्ने र स्थानीय आवश्यकता अनुसारका सबै विषय समेटिने बताए । उनले आदिवासी जनजाति, अल्पसंख्यक, पछाडि पारिएका समुदायका पहिचान, अस्तित्व र अधिकारका विषयलाई समेत प्राथमिकतामा राख्ने बताए ।
माओवादी केन्द्रका संयोजक अग्निले निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन सबै तहमा सर्कुलर गर्ने बताए

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनिर्वाचन लक्षित झापाका दलहरुको प्रतिबद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img