HomeFeatured 2बार बेञ्चबीच सुधारमा जोड

बार बेञ्चबीच सुधारमा जोड

भद्रपुर २९ चैत्र । नेपाल बार एशोसिएसन झापाले कानुन व्यावसायीहरु बीच नयाँ बर्ष २०७९ सालको शुभकामना अदान प्रदान गरेके छ । बारको सभाहल चन्द्रगढीमा शनिबार आयोजित आदान–प्रदान कार्यक्रममा बोल्दै झापा जिल्लाका जिल्ला न्यायाधिस गिरीराज गौतमले न्यायलयप्रतिको बिश्वसनीयता कायम गर्न कानुन व्यवसायी र बेन्च बीचको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अदालत सदैव निश्पक्ष न्याय सम्पादन गर्नमा प्रतिबद्ध भएको बताउदै जनमानसमा न्यायालयप्रतिको बिश्वानीयतामा सुधार गर्न आफुहरुले जोड दिएको बताउनु भयो ।
भरखरै मात्र निर्वाचित हुनु भएका नेपाल बार एशोसिएसनका केन्द्रिय उपाध्यक्ष सुरज खत्रीले स्वतन्त्र र सक्षम न्यायपालिका आजको आवश्यकता रहेको बताउदै केन्द्रीय बार र न्यायपालिका बीचको मतभेद अन्त गर्न नव गठित समितिलाई चुनौति रहको बताउनु भयो ।
हरी अधिकारीेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ अधिवक्ता दामोदर सापकोटा ,डेमोक्र्याटिक्स लयर्स एशोसिएसन झापा अध्यक्ष यज्ञप्रसाद अधिकारी ,जिल्ला न्यायाधिबक्ता प्रकाश गौतम,कानुन व्यावसायीहरु दिपक निरौला, कालिप्रसाद सञ्जेल, शान्ता पाठक लगायतले बोल्दै बार र बेन्च वीचको सम्बन्द्ध सुदृढ हुनुपर्नेमा जोडदिनु भयो ।
कार्यक्रमको संचालन सचिव हेमकला कट्टेल र स्वागत मन्तव्य उपाध्यक्ष कमला आचार्यले गर्नू भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बार बेञ्चबीच सुधारमा जोड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img