Homeसमाचारतलब नपाएपछि विद्यालयमा तालाबन्दी

तलब नपाएपछि विद्यालयमा तालाबन्दी

विर्तामोड २८ चैत । विर्तामोड नगरपालिका–१० स्थित विराट आवासीय विद्यालयका शिक्षक कर्मचारीले दुई महिनादेखि तलब नपाएको भन्दै विद्यालय प्रशासनमा तालाबन्दी गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक बद्री बास्कोटाले विगत दुई बर्षदेखिको विद्यालयको लेखा परीक्षण प्रतिवेदन र सामाजिक परीक्षणको प्रतिवेदन नबुझाउँदा विद्यालयमा कार्यरत ३ जना आयाहरुले माघदेखि र १९ जना शिक्षक कर्मचारीहरुले फागुनदेखि तलब नपाएपछि विद्यालय प्रशासनमा तालाबन्दी गर्नुपरेको जनाएका छन् ।
आफूहरुले अघिल्लो महिनाको १५ गते नै प्रधानाध्यापकलाई लेखा र सामाजिक परीक्षणको रिपोर्ट ल्याउन भन्दा नल्याएको र सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि तलब रोक्का गर्नुपरेको नगर शिक्षा अधिकारी तिलचन भण्डारीले बताए । उनले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले त्यसबारे लिखित प्रतिवद्धता जनाए तलब निकासाका लागि पहल गर्न सकिने आश्वासन दिए । उक्त विद्यालयमा लगभग ३ सय विद्यार्थी पठन–पाठन गरिरहेका छन् भने शारीरिक रुपमा अपाङ्गता विद्यार्थीहरुलाई आवासीय रुपमा पढाइदैछ ।
प्रधानाध्यापक बाँस्कोटा भने गत चैत १६ गतेदेखि विदामा बसेका छन् । आफू विरामी भएकाले विदामा बसेको बताउँदै उनले शिक्षकहरुको तलब निकासा गर्न र तालाबन्दी खोल्न पहल भइरहेको जानकारी दिए । उनले अस्वस्थताका कारण नगर शिक्षा शाखाले मागेको रिपोर्ट दिन नसकेको बताए । विद्यालयले २०७६/०७७ र २०७७/ ०७८ को लेखा परीक्षण रिपोर्ट तयार नै नगरेको बुझिएको छ । त्यस विद्यालयमा अनियमितताको आशंका गरिएको छ ।
शिक्षक कर्मचारीले भने तलब नपाएपछि यसअघि नै विद्यालय ब्यवस्थापन समिति, पि।टि।ए। वडा कार्यालय, प्रशासन कार्यालय, नगरपालिकास्थित शिक्षा समन्वय इकाईलाई जानकारी गराएका थिए । लिखित जानकारी गराउँदा पनि तलब नपाएपछि विद्यालय प्रशासनमा तालाबन्दी गर्नुपरेको शिक्षक रङ्गलाल न्यौपानेले बताए । विद्यालयमा कार्यरत २० जना शिक्षक कर्मचारीले एक विज्ञप्ति जारी गर्दै समाधान समस्या नभएसम्म तालाबन्दी गरिने र आगामी बैशाख ४ गतेदेखि हुने परीक्षा समेत ठप्प पार्ने चेतावनी दिएका छन् ।
उक्त विद्यालयका प्रधानाध्यापक बास्कोटामाथि अनियमितताको आरोप लागेपछि त्यसको छानवीनका लागि यसअघि नै समिति गठन भएको र उक्त समितिले अहिलेसम्म प्रतिवेदन नबुझाएको बुझिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतलब नपाएपछि विद्यालयमा तालाबन्दी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img