बिर्तामोड २८ चैत । नेपाल उद्यमशील महिला संघ झापासहित विर्तामोडमा क्रियाशील महिला नेतृत्वका संघसंस्थाले सामुहिक रुपमा स्वागत तथा नयाँ वर्ष २०७९ को शुभकामना आदान–प्रदानकार्यक्रम सम्पन्न गरेका छन् ।
नेपाल उद्यमशील महिला संघ झापाका अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षतामा आयोजित कार्यक्रममा नजिकिंदो नयाँ वर्ष २०७९ को शुभकामना आदान–प्रदान तथा इलाका प्रहरी कार्यालय अनारमनीको जिम्मेवारी सम्हाल्न भर्खरै आएका प्रहरी नायब उपरिक्षक रुगमबहादुर कुँवरलाई स्वागत गरेका हुन् ।
महिलाहरुले आयोजना गरेको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रहरी नायब उपरिक्षक कुँवरले जस्तोसुकै चुनौतिका बाबजुद पनि बिर्तामोडबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा प्रहरी उपरिक्षक कुँवर, नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटी, एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकमल सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यशोदा प्रसाई भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत ऐश्वर्या पाण्डेले गर्नुभएको थियो ।
स्वागत तथा शुभकाना आदान–प्रदान

































































































