Homeसमाचारट्रकको ठक्करबाट बजगाँईको निधन

ट्रकको ठक्करबाट बजगाँईको निधन

बिर्तामोड २८ चैत । विपरीत दिशाबाट आउँदै गरेको ट्रकको ठक्करबाट घाइते भएका बिर्तामोड २ का संयम बजगाँईको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार बेलुका पूर्व पश्चिम राजमार्ग अन्तरगत रामचोक नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख ६४५५ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा. १५ प. ८२०२ नंम्बरकोे मोटरसाइकललाई ठक्कर दिंदा घाइते भएका २९ वर्षीय बजगाँईको उपचारकै क्रममा मृत्यु भएको हो ।
ट्रकका ठक्करबाट घाइते भएका बजगाँईको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधन इलाका प्रहरी कार्यालय अनारमनीमा रहेको बताइएको छ । ट्रक चालक तत्काल फरार रहेका छन् खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारट्रकको ठक्करबाट बजगाँईको निधन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img