गौरादह २७ गते । झापाको गौरादह नगरपालिका–५ मा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–५ कि ४० बर्षीया मनमाया थापा रहेकी छन ।
आज दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानीसंगै परेको चट्याङले लागि घाईते भएकी थापालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
चट्याङ लागेर गौरादहमा महिलाको मृत्यु

































































































