विर्तामोड २६ चैत । नेपाल तरुण दल बिर्तामोड ५ को आयोजना र मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा आज आँखा शिविर सम्पन्न भएको छ । स्थानीय कनकाई कलेज मा सञ्चालित शिविरमा ४०० बढीले सेवा लिएको बताइएको छ ।
मेची आँखा अस्पतालको प्राविधिक समुहको नेतृत्व आँखा अस्पतालकी नेत्र अधिकृत कविता कार्की कडरीयाले गर्नुभएको थियो । शिविरमा आँखा जाँचपछि २५० जनालाई निशुल्क चश्मा र औषधी वितरण गरिएको तरुण वडा समितिका सचिव प्रज्वल विमलीले जानकारी दिनुभयो ।

विर्तामोडस्थित कनकाई क्याम्पस परिषरमा आयोजित शिविरको शिक्षासेवी तथा कार्यक्रमका प्रमुख अतिथि जयनारायण ढुङ्गनााले उद्घाटन गर्नुभएको थियो ।
तरुण दल वडा समितिका सभापति दिनेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ढुङ्गाना, नेपाली कांग्रेस विर्तामोड नगर समिति सभापति भोजराज सिटौला हर्कलाल गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । आयोजक संस्थाका उपाध्यक्ष विजय लामाले विशिष्ट अतिथी मेची आँखा अस्पताल बिर्तामोडका अध्यक्ष जलकुमार गुरुङ्ग, विर्तामोड वडा नं. ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, ईलाका प्रहरी कार्यलय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम बहादुर कुँवर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको औचित्यमाथि रोहित प्रसाईले प्रकाश पार्नुभएको थियो ।

































































































