Homeसमाचारएमालेबाट नगर प्रमुख उपप्रमुखमा प्रसाई र कार्कीले पाए बढी मत

एमालेबाट नगर प्रमुख उपप्रमुखमा प्रसाई र कार्कीले पाए बढी मत

बिर्तामोड २६ चैत । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट मेयर, उपमेयर , अध्यक्ष र उपाध्यक्ष बन्ने आकांक्षीहरुको मतगणना सम्पन्न भएको छ ।
बिर्तामोडको मेयरका लागि भएको मतदानमा बहालवाला उपमेयर पवित्रा महतारा प्रसाईले सबैभन्दा बढी मतभार ल्याएकी छन् । त्यस्तै दोस्रो नम्बरमा प्रदेश सांसद एकराज कार्की र तेस्रो नम्बरमा बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला रहेका छन् । मेयरका लागि बहालवाला मेयर ध्रुवकुमार शिवाकोटी , उपमेयर पवित्रा महतारा प्रसाई , प्रदेश सांसद एकराज कार्की , उमानाथ ओली र वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले आकांक्षा राखेर उम्मेदवारी दिएका थिए ।
त्यस्तै उपमेयरमा देवराज कार्कीले सबैभन्दा बढी मतभार ल्याएका छन् । त्यसपछि दोस्रो नम्बरमा भीमा शिवाकोटी र तेस्रो नम्बरमा गणेश पोखरेल रहेका छन् । उपमेयरका लागि बद्री भट्टराई , देवराज कार्की , गणेश पोखरेल , प्रविण पोखरेल र भीमा शिवाकोटीले इच्छा राखेर निवेदन दिएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएमालेबाट नगर प्रमुख उपप्रमुखमा प्रसाई र कार्कीले पाए बढी मत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img