HomeFeatured 2महाधिवेशन सुनिश्चितताका लागि भ्रमण - आचार्य

महाधिवेशन सुनिश्चितताका लागि भ्रमण – आचार्य

बिर्तामोड २१ चैत । नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले तोकिएकै मितिमा महाधिवेशन हुने सुनिश्चितताका लागि आफू शाखाहरुको भ्रमणमा हिडेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन झापाका केन्द्रीय प्रतिनिधि एवं सदस्यहरुसगको छलफलमा यस्तो धारणा राख्नुभएको हो ।प्रेस युनियनको आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएका आचार्यले अब पनि तोकिएको समयमा महाधिवेशन नभए समितिबाट आफू बाहिरिने संकेत समेत गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पुर्बेलीले बिधान बिपरित गरिएका केन्द्रीय सदस्य मनोनयनको निर्णय फिर्ता लिएर महाधिवेशनको सहज बाताबरण बनाउन आग्रह गर्नुभयो । नेपाल प्रेस युनियन झापा विधि, पद्धति र नीति नियममा प्रतिबद्ध रहेको बताउदै यसको पालना गर्न केन्द्रीय समितिको प्रतिबद्धता जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले शाखाहरुको आत्मीयता वृद्धिका लागि भ्रमण तय गरिएको बताउदै शाखाहरुको कार्यगत अनुभले पनि सगठन सुदृढीकरणमा सहयोग पुग्ने बताउनुभयो ।
निर्धारित समयभन्दा लगभग अढाई घन्टा पछि आएको टोलीमा चितवनका पदाधिकारीहरुको सहभागिता थियो भने झापाका सल्लाहकार राजेन्द्र गौतम, केन्द्रीय पार्सदहरु यज्ञप्रसाद पाठक, रेजिना गौतम, बिष्णु रिमाल, मनकुमार शर्मा, सदस्य बिरु दर्नाल, मुक्ती पौडेल लगायतको आहभागिता रहेकोे थियो । कार्यक्रममा सहजीकरण प्रदेश पार्सद ग्यानेन्द्र निरौलाले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2महाधिवेशन सुनिश्चितताका लागि भ्रमण - आचार्य
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img