Homeसमाचारचुनौतिका बीच उत्कृष्ट न्याय सम्पादन

चुनौतिका बीच उत्कृष्ट न्याय सम्पादन

बिर्तामोड २१ चैत । न्याय सम्पादनको जिम्मेवारी पूरा गर्नु चानचुने कुरा होइन । त्यसमा पनि कसरी गर्ने भन्ने कुनै पनि नीति नियम, कानूनका आधार पनि नभएको बेला स्थानीय तहमा महिलाको जिम्मेवारीमा आयो । २०७४ साल असार २५ गतेदेखि देशका अधिकतम स्थानीय तहका उपप्रमुखहरुले न्यायिक समितिको जिम्मेवारी लिइरहँदा मुद्दा फैसला कसरी गर्ने भन्ने कुनै आधार नहुँदा कुहिराको काग झैं थिए ।
कानून नै पढेका तथा वकालत गर्दागर्दै पालिकाको प्रमुख भएकाहरुलाई त काम गर्न केहि सहज अनुभव भयो होला । तर, कानूनको अभ्यास नगरेका महिलाका लागि ठूलो चुनौतिका रुपमा हेरिएको थियो ।
तर, जिम्मेवारी र अभ्यासले उनीहरुलाई खारिंदै जाँदा क्षमता आफैं विकास भएर जान्छ भन्ने कुरालाई धेरै स्थानीय तहका उपप्रमुखहरुले प्रमाणित गरेका छन् । त्यसैमध्येको एक हो विर्तामोड नगरपालिका ।
न्याय सम्पादन र मुद्दा व्यवस्थापनका हिसाबले विर्तामोड नगरपालिका जिल्लाको उत्कृष्ट नगरपालिका भएको छ । १५ वटा पालिका रहेको झापामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको विषय क्षेत्र मानिएको समिति न्यायिक कार्य सम्पादनमा जिल्लाकै उत्कृष्ट भएको हो ।
चार वर्षमा ३२९ वटा मुद्दाको न्याय निरुपण गरेको नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईले बताउनु भयो ।
कार्यकाल शुरु हुँदा संघीय, प्रदेश र स्थानीय तहमा कानून नहुँदा काम गर्न असजिलो भयो–न्यायिक समितिको जिम्मेवारी सम्हाल्दा कानूनी संरचना केही पनि थिएन, शुरु शुरुमा छामछाम छुमछुम गर्दै पनि काम गरियो, नीति नियम र कानून बनाएपछि भने काम गर्न सहज भयो ।’
न्यायिक समिति गठन भएयता नगरपालिकामा ३४७ वटा मुद्दा दर्ता भएका थिए । ‘दर्ता भएकामध्ये समितिले प्रचलित कानुनी व्यवस्थाका आधारमा ३२९ वटा मुद्दाको टुङ्गो लगाएको छ’, सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रमुख प्रसाईले जानकारी दिनुभयो । न्यायिक समितिले पूर्णता नपाएका अवस्थामा भएका न्याय निरुपणका मुद्दहरु भने तथ्याङ्कमा उल्लेख नभएको प्रसाईले बताउनु भयो ।
आफूले न्याय सम्पादन गरेको मुद्दामा चित्त नबुझेर जिल्ला अदालत हुँदै पुनरावेदन अदालतसम्म पुग्दा पनि नगरपालिकाले गरेकै फैसला सदर भएको आएको सुनाउँदै प्रसाईले थप्नुभयो–‘एउटा मुद्दामा पुनरावेदनसम्म पुग्दा पनि नगरले गरेको फैसला नै सदर भएर आयो ।’
सामे परियोजनासंगको समन्वयमा बैदेशिक रोजगार सम्बन्धीका मुद्दामा छलफलबाट ९० लाख हाराहारीको रकम फिर्ता गराएको उहाँले जानकारी दिनुभयो । ५ वर्षे कार्यकालमा आफ्नो नेतृत्वमा रहेको न्यायिक समिति तथा अनुगमन लगायतका कार्यक्रमबारे जानकारी दिंदै प्रसाईले आगामी स्थानीय निर्वाचनमा मेयरको उम्मेद्वारीको आकांक्षा देखाउनु भएको छ । पत्रकारहरुले राखेको जिज्ञासामा प्रसाईले भन्नुभयो–‘पार्टीले अवसर दियो भने काम गर्ने इच्छा छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचुनौतिका बीच उत्कृष्ट न्याय सम्पादन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img