Homeखेलपूर्बेली फुटबल क्लब सेमिफाइनलमा प्रवेश

पूर्बेली फुटबल क्लब सेमिफाइनलमा प्रवेश

शान्तिनगर २० चैत । पूर्बेली फुटबल क्लब बिर्तामोड झापाको बुद्धशान्ति ५ मा जारी प्रथम शान्तिनगर जागृती नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खारखोलाको गौतम बुद्ध आधारभूत बिद्यालयको प्राङ्गणमा सम्पन्न खेलमा बहुबन फुटबल क्लबलाई पराजित गर्दै पूर्वेली क्लब बिर्तामोड सेमिफाइनलमा प्रबेश गरेको हो । राष्ट्रिय खेलाडी सन्जोग राई सङ्ग उत्रिएको बिर्तामोडका लागि श्याम मुर्मुले २ र हिसुब थपलियाले १ गोल गरेका थिए भने पराजित टोली बहुबनका तर्फबाट मन लिम्बु र क्प्तान रसिद लिम्बुले गोल फर्काएका थिए । आजको खेलको म्यान अफ द म्याच दुई गोल कर्ता श्याम मुर्मु घोषित भएका छन ।
यसैगरी प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जागृती क्लबले प्रदेश १ ब्यवस्थापना पुलिस क्लबलाई ३–२ ले पराजित गरेको थियो । आयोजकलाई सेमिफाइनलमा प्रबेश गराउन २ गोल गर्न सफल गणेश मगर म्यान अफ द म्याच घोषित भएका थिए ।
प्रतियोगिताको उपाधी बिजेतालाई नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र साथै उपबिजेतालाई नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष अजय सरदारले जानकारी दिनुभयो। भोलिको खेल रोङ फुटबल क्लब र धुलाबारी फुटबल एकाडेमी हुने आयोजकले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलपूर्बेली फुटबल क्लब सेमिफाइनलमा प्रवेश
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img