Homeसमाचारपवित्रा भेषराज प्रतिष्ठानको पुरस्कार वितरण, भुर्तेल पत्रकारिता पुरस्कार पूर्वेलीलाई

पवित्रा भेषराज प्रतिष्ठानको पुरस्कार वितरण, भुर्तेल पत्रकारिता पुरस्कार पूर्वेलीलाई

शान्तिनगर १९ चैत । झापाको शान्तिनगरमा आयोजित एक कार्यक्रमका बीच पत्रकार र विद्यालयसहित १० प्रतिभालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठान शान्तिनगर संस्थाको नवौं बार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा विर्तामोडबाट प्रकाशित जनआन्दोलन साप्ताहिकका सम्पादक तथा नेपाल प्रेस युनियन झापाकी सभापति इन्दु पूर्वेलीसहित १० प्रतिभालाई सम्मान तथा पुरस्कृत गरिएको हो ।


प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षता तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पत्रकार भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कारबाट सम्पादक पूर्वेलीलाई पुरस्कृत गरिएको हो । विगत डेढदशक भन्दा अघिदेखि झापामा रहेर पत्रकारिता गर्दै आउनु भएकी पत्रकार पूर्वेलीलाई प्रमुख अतिथि शर्मा, संस्थाका अध्यक्ष खतिवडासहित शंकर भुर्तेल र तारा भुर्तेल संयुक्त रुपमा सम्मान पत्र तथा नगद राशी प्रदान गरेका थिए । पुरस्कारको राशी नगद २५ हजार रहेको बताइएको छ ।
त्यसैगरी झापाको भद्रपुर–९ मा अवस्थित जनजागृति माध्यमिक विद्यालय पहाँतुबारीलाई उत्कृष्ट विद्यालयको रुपमा पवित्रा–भेषराज खतिवडा शिक्षा पुरस्कारबाट पुरस्कृत गरिएको छ ।


प्रतिष्ठानले उत्कृष्ठ मापनका लागि तय गरेको मापदण्ड अनुसार उत्कृष्ट हुन सफल जनजागृती माविलाई नगद ५१ हजार राशीको पवित्रा–भेषराज खतिवडा पुरस्कार प्रदान गरिएको हो ।
यसरी नै कार्यक्रममा सामुदायिक विद्यालयमा पढाई हुने अनिवार्य विषयमध्येबाट उत्कृष्ट शिक्षकका रुपमा शान्ति आदर्श माविमा अध्यापनरत नेपाली विषयकी शिक्षिका दिलु अधिकारी पुरस्कृत गरिएको कार्यक्रममा समुदाय, विद्यालय र शिक्षकबीच समन्वयकारी भूमिका निर्वाह गर्ने उत्कृष्ठ मेचीनगरस्थित आदर्श मावि ईंटाभट्टाकी शिक्षिका प्रतिमा चापागाँईलाई पुरस्कृत गरिएको छ ।
त्यसैगरी प्रतिष्ठानले बुद्धशान्ति, मेचीनगरपालिका र रोङ गाउँपालिकाका सामुदायिक विद्यालयबाट एसइइ उत्कृष्ठ धुलावारी माविका स्नेहा श्रेष्ठ, प्रज्ञा विष्ट र यमुना तिम्सिना तथा गढीगाउँ मावि शान्तिनगर अनुप काफ्ले र प्रारुपराज लाखेलाई जनही २/२ हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको कार्यक्रममा लोपोन्मुख जाति लाप्चा समुदायबाट शान्ति आदर्श माविको कक्षा ११ र १२ मा अध्ययनरत सुमन लाप्चा र निरमाया लाप्चालाई पुरस्कृत गरिएको थियो ।
सोही अवसरमा यसैवर्ष दिवंगत भएका खतिवडा परिवारका छत्र खतिवडाको स्मृतिमा उहाँका ससुराली परिवारले सोही क्षेत्रका दुईवटा सामुदायिक विद्यालयमा अध्ययनरत शैक्षिक सामग्री खरिद गर्न कठिनाई व्यहोरिरहेका प्रति विद्यालय ५०/५० जना बालबालिकालाई पुग्ने शैक्षिक सामग्री प्रदान गरिएको छ ।
खतिवडा परिवारका ज्येष्ठ सदस्य सम्मान शालीग्राम खतिवडालाई नगद १० हजारसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शर्मा, प्रतिष्ठानका संरक्षक शारदाप्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
पुरस्कृत प्रतिभाहरुको घोषणा पुरस्कार छनौट समितिका अध्यक्ष चन्द्र भण्डारीले गर्नुभएको थियो । प्रतिष्ठानका सचिव शिरो सान्दाई खतिवडाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सुसन रिजाल खतिवडाले गर्नुभएको थियो ।
२०७० सालमा दिवंगत हजुरआमा र माता पिताका नाममा पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानको स्थापना गरी शिक्षा र सञ्चार क्षेत्रमा वर्षोत्कृष्ठ प्रतिभाको छनौट गरी पुरस्कृत गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपवित्रा भेषराज प्रतिष्ठानको पुरस्कार वितरण, भुर्तेल पत्रकारिता पुरस्कार पूर्वेलीलाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img