HomeFeatured 2‘रुपान्तरण र विकासका लागि सुसंस्कृत समाज आवश्यक’ –शर्मा

‘रुपान्तरण र विकासका लागि सुसंस्कृत समाज आवश्यक’ –शर्मा

शान्तिनगर १९ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गाउँ, समाज र देश बनाउने चिन्तित हुनुपर्ने बताउनु भएको छ ।
पवित्रा भेषराज प्रतिष्ठानद्वारा आयोजित पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले भौतिक विकासका साथै सभ्य, सुसंस्कृति समाज निर्माणका लागि सामाजिक रुपान्तरण आजको आवश्यकता औल्याउनु भएको हो ।


धन सम्पत्ति र भौतिक विकासले मात्रै सुख शान्ति मिल्न नसक्ने धारणा राख्दै भन्नुभयो–‘पद, पैसा र प्रतिष्ठाका लागि कुद्ने भन्दा समाजलाई जिम्मेवार बनाउनेतर्फ केन्द्रीत हुन जरुरी छ, पद, पैसा र प्रतिष्ठाले क्षणिक आनन्द त देला तर बहु संस्कार र संस्कृति भएको देशमा यी संस्कारबारे छलफल गर्न नसक्नु दुर्भाग्य हुनेछ ।’
गुणस्तरिय शिक्षाले मात्र समाज बदल्न सक्ने उल्लेख गर्र्दै शर्माले देशको भविष्य विद्यालयमा खोज्नुपर्ने बताउनु भयो । शिक्षा र सञ्चारलाई प्राथमिकतामा राखेर प्रतिष्ठानका गतिविधि सञ्चालन गरिरहेको पवित्रा भेषराज प्रतिष्ठानको उच्च सम्मान गर्दै शर्माले प्रतिष्ठानले सामाजिक रुपान्तरण एवं शैक्षिक क्षेत्रमा गरेको काम सराहनीय रहेको धारणा राख्नुभयो ।
राजनीतिमा तानातान र सडकमा गाली चल्नु दुःखद भएको बताउँदै राजनीतिमा सबै खराब छन् भनेर नबुझ्न आग्रह गर्नुभयो । राजनीतिलाई सिर्जनशीलता बनाउन जरुरी रहेको बताउँदै भन्नुभयो–‘देशको सुदृढीकरणको खाका बनाउनु पर्छ, राजनीतिमा सबै खराब छन् भनेर बुझ्नु न्यायोचित नहोला ?’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2‘रुपान्तरण र विकासका लागि सुसंस्कृत समाज आवश्यक’ –शर्मा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img