HomeFeatured 2प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य पौडेल कांग्रेसमा प्रवेश

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य पौडेल कांग्रेसमा प्रवेश

बिर्तामोड १९ चैत । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य एवं झापा अध्यक्ष मुक्ति पौडेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यबाट उनले केहीदिन अघि राजीनामा दिएका थिए ।
नेपाली कांग्रेस झापामा आयोजित पार्टी प्रवेश कार्यक्रमका बीच पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सदस्यता रसिद हस्तान्तरण र वर्तमान महामन्त्री विश्वप्रकाश शर्माले अबिर लगाएर पौडेललाई पार्टी प्रवेश गराउनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत, पार्टीका केन्द्रीय सदस्यहरु महेन्द्राकुमारी सुब्बा, १ नं प्रदेश सभापति उद्वव थापा, जिल्ला सभापति देउकुमार थेवे, जिल्ला उपासभापतिहरु शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवद्वय कृष्ण हुमागाई र नवीन विमली, सहसचिवद्वय कालेन्द्रप्रसादसिंह राजवंशी र कमल भण्डारी, जिल्ला सदस्य राम कट्टेल र याम भुजेल, क्षेत्रीय सभापतिहरु इन्द्रबहादुर बुढाथोकी, खगेन्द्र मैनाली, गणेश पोखरेल, जयनारायण शाह, ढुण्डिराज भण्डारी, प्रेस युनियन अध्यक्ष इन्दु पूर्वेली, उपाध्यक्ष गिरिराज भट्टराई, सचिव डिल्लीराम घोर्साई, माइपश्चिम क्षेत्रीय समिति अध्यक्ष विष्णु सुब्बा, सल्लाहकार राजेन्द्र गौतम, केन्द्रीय पार्सद लक्ष्मी लुइटेल, प्रदेश पार्सद ज्ञानेन्द्र निरौला, शेखर सेढाई नेपाली कांग्रेस कार्यालय सचिव जयकुमार दाहाललगायतले अविर र खादा लगाएर स्वागत गर्नुभएको थियो ।
विगत दुईदशक अघिदेखि विद्यार्थी जीवनबाट नै नेपाल कम्युनिष्ट पार्टी एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठनमा आबद्ध भएका मेचीनगर–६ निवासी पौडेल २०६४ सालदेखि एमालेको संगठित सदस्य भई क्रियाशील थिए ।
सोही क्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संस्था प्रेस चौतारी नेपाल, झापाको उपाध्यक्ष, अध्यक्ष, प्रदेश उपाध्यक्ष, र केन्द्रीय सदस्यको जिम्मेवारी संहालिसकेका पौडेल के.पी. शर्मा ओली नेतृत्वको सरकारले संविधान विपरित संसद विघटन गरेदेखि उक्त पार्टीका गतिविधिप्रति असन्तुष्ट थिए ।
तत्कालीन प्रेस संगठनको अध्यक्ष रहँदा प्रेस युनियन र प्रेस संगठनको संयुक्त आयोजनामा भएको संसद विगठनका विरुद्ध झापामा पहिलोपटक पत्रकारहरुले निकालेको विरोध प्रदर्शनमा उनले समेत नेतृत्व गरेका थिए ।
आफूले यसअघि अंगालेको पार्टीमा विधि, पद्धति, प्रक्रिया, नीति र कानूनको पालना नभएको एवं पार्टीभित्र ब्यक्तिवाद हावी हुन थालेपछि आफू विधि र पद्धतिको पक्षमा उभिदै उक्त पार्टी परित्याग गरेको पौडेलले बताएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य पौडेल कांग्रेसमा प्रवेश
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img