भद्रपुर १९ चैत्र । आगामी ३ बर्षे कार्यकालका लागि नेपाल बार एशोसिएसन केन्द्रिय कार्य समितिको निर्वाचन झापासहितका देशका ७७ वटै जिल्लामा शनिबार शान्तिपुर्ण तरिकाले सम्पन्न भएको छ । २५ जना कार्य समितिको लागि ७५ जनाउम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
बृहत लोकतान्त्रिक प्रगतीशिल समावेशी पेशागत कानुन व्यवसायीको समुहबाट बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र प्रगतीशिल तथा पेशागत कानुन व्यवसायीको समुहबाट बरिष्ठ अधिवक्ता विष्णु मणी अधिकारी लगायतका विभिन्न स्वतन्त्र उम्मेद्वार सहित ८ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
गठबन्धन भित्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका घिमिरे र प्रगतीशिल तथा पेशागत कानुन व्यवसायी समुहको तर्फवाट अध्यक्ष पदमा उम्मेदवारी दिएका अधिकारी बीचनै कडा प्रतिष्पर्धा देखिएको छ ।
झापा बारका पुर्व अध्यक्ष एवं कांग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले दिउसो १२ बजे झापा बारमा मतदान गर्नु भएको थियो भने पुर्व महान्यायधीबत्ता अग्नीप्रसाद खरेलले विहाना ९ बजेर ३० मिनटमा पहिलो पटक झापा बाट मतदान गर्नु भएको थियो ।
मतदान प्रदान गर्दै खरेल र सिटौलाले एशोसिएसन भित्र यसपटकको मतदानले एक सवल र सक्षम नेतृत्व चयान हुनेमा आफुहरु विश्वाश्त रहेको बताउनु भयो ।
उपत्यका बाहिर र भित्र गरी जम्मा नौं हजार पाँचसय ८८ मतदाता रहेको एशोसिएसनमा काठमाडौंका मात्र पाँच हजार नौसय ६६ कानुन व्यवसायी मतदाता रहेका छन ।
झापामा १ सय ३९ सहित उपत्यका बाहिर तीनहजार छसय २२ जना मात्र कानुन व्यवसायी मतदाता रहेका छन् ।
झापामा ९० प्रतिशत मत खसेको झापा निर्वाचन समिति संयोजक झापा बारका अध्यक्ष हरी अधिकारीले जानकारी दिनु भयो । उहांले निर्वाचन सम्पन्न भए पश्चात आजै मतपत्र काठमाडौ पठाईने समेत बताउनु भयो ।
बारको आगामी नेतृत्वका लागि मतदान सम्पन्न

































































































