सुरुङ्गा १७ चैत्र । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपा माओवादी केन्द्र कनकाईले घोेषणापत्र निर्माण समिति गठन गरेको छ । बिहीबार भएको पार्टीको भेलाले पार्टीका कनकाई नगर अध्यक्ष यामनाथ सेडाईको संयोजकत्वमा ५ सदस्यीय स्थानीय निर्वाचन घोषणापत्र निर्माण समिति गठन गरेको हो । समितिको सदस्यहरुमा कृष्ण घिमिरे, वेदप्रसाद खतिवडा, शान्ता अधिकारी र जनार्दन उप्रेती रहनुभएको छ ।
यसैगरी लीलाराज झापालीको संयोजकत्वमा आइटी टीम निर्माण गरिएको छ । टीमको सदस्यहरुमा आइपी भट्टराई, सिएम शर्मा, सुष्मा कुमाल र अमृत योङहाङ रहेका छन् । नेकपा माओवादी केन्द्र निर्वाचन परिचालन कमिटीकी केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य शुशिला साम्पाङ बर्षाको प्रमुख आतिथ्यतामा भएको थियो ।
यसैगरी माओवादी केन्द्र कनकाईले एमाले बाहेकका सबै दलसँग चुनावी एकता गरेर जाने समेत निर्णय गरेको छ । एमालेले दुई–दुई पटक सांसद भंग गरेर प्रतिगमनकारी भूमिका खेलेको भन्दै तिनै तहको निर्वाचनमा एमाले बाहेक सबै दलसंग सहकार्य गरी गणतन्त्र, संघीयताको रक्षा गर्ने समेत निर्णय गरेको छ । स्थानीय चुनावको तालमेलका लागि नगर इन्चार्ज गोपाल प्रसाईको नेतृत्वमा चुनावी तालमेल गर्नका लागि समिति निर्माण गरेको छ ।
माओवादी केन्द्र कनकाईको निर्वाचन घोषणापत्र निर्माण समिति गठन

































































































