बिर्तामोड १२ चैत । महिला मुक्ती अभियान झापाको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा लैगिक हिसा सम्बन्धि कानुनी ब्यवस्था र नेतृत्व बिकास सम्बन्धि दुई दिने तालिम शनिबार देखि शुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं बिर्तामोड नगरपालिकाका उपमेयर पबित्रा महतारा प्रसाइले अवसर पाए महिलाहरु जस्तोसुकै जिम्मेवारी पूरा गर्न सक्षम रहेको बताउनुभयो ।
महिलाहरुलाइ कमजोर देखाएर राजनीति एवं राज्यका हरेक निकायमा अवसरबाट बन्चित गरिनुनहुनेमा जोड दिदै उहाले अवसर पाउँदा महिलाले जस्तोसुकै चुनौतीपूर्ण कार्य गर्न सफल रहेकोे दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पुर्बेली, एबिसी नेपालकी सचिब देबिका निरौला बस्नेत, बिरता जेसिजकी अध्यक्ष संगीता चिमरिया लगायतले मन्तब्य राख्नुभयो ।
मन्तब्य राख्ने अधिकास बक्ताहरुले लैगिक हिसाका घटनाहरु दिनहुँ बढिरहेको बताउदै हिसा अन्त्यका लागि घरैबाट पहल थाल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा लैगिक हिसाका सम्बन्धमा भएका कानुनी ब्यवस्थाबारे अधिबक्ता लक्ष्मी खनाल कोइरालाले प्रशिक्षण दिनुभएको थियो ।
महिला मुक्ती अभियानका अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा सप्पन्न कार्यक्रममा स्वागत मिना कडरिया र सन्चालन धनु कन्दङ्वाले गर्नुभएको कोषध्यक्ष मोती मादेनले जानकारी दिनुभयो ।
लैंगिक हिंसा सम्बन्धि कानुनी ब्यवस्था र नेतृत्व बिकास सम्बन्धि तालिम



















