कालीस्थान १२ चैत । ‘घर–घर जाओैं–कांग्रेस जिताऔं’ अभियान अन्तर्गत अर्जुनधारा नगरपालिका वडा नं–६, ९, १० र ११ का कांग्रेस कार्यकर्तासँग अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कालिकापीठ कालीस्थानमा आयोजित कार्यक्रममा पार्टी संगठन परिचालन, नीति, बिचार, सिद्धान्त र कार्यक्रम एवं चुनावी रणनीतिका बारेमा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले प्रशिक्षण दिनुभएको थियो । अधिबक्ता भरत प्रसाईले एमसीसी भ्रम र याथार्थबारे प्रशिक्षण दिनु भएको थियो ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ अन्तरगत प्रदेश ख का सभापति किरण श्रेष्ठको सभापतित्व र नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमगााईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व महाधिवेशन प्रतिनिधि मोहन सुब्बाले बिषय प्रवेश गराउनु भएको थियो ।
गोपाल चौधरीले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन डिल्ली सापकोटाले गर्नु भएको थियो । कार्यक्रममा क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महाधिवेशन प्रतिनिधिहरु दिपक तामाङ्ग, हस्त परियार र लीलादेबी कटुवाल, नगर सभापति हेमराज खरेलको आतिथ्यता रहेको थियो ।
अर्जुनधारामा कांग्रेसकाे अभिमुखिकरण कार्यक्रम



















