Homeसमाचारसहकारी पसल सञ्चालनबारे स्वरोजगारको छलफल

सहकारी पसल सञ्चालनबारे स्वरोजगारको छलफल

बिर्तामोड ११ चैत । शेयर सदस्य तथा उपभोक्तालाई दैनिक उपभोग्य सामग्री गुणस्तरिय सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याउन लागेको सहकारी पसल सञ्चालनका बारेमा अन्तरक्रिया सम्पन्न भएको छ ।
स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्न लागेको स्वरोजगार सुफत मूल्यको सहकारी पसल सञ्चालनका बारेमा बृहत छलफल भएको हो ।
सदस्य संख्याको हिसाबले झापामा तेस्रो स्थानमा रहेको स्वरोजगारले सहकारी पसल सञ्चालनका लागि बिर्तामोडस्थित शाण्डिल्य भवनमा सञ्चालनका लागि तयार गरिएको बजारस्थलमा आयोजित छलफलले सहकारी पसलमा पनि सबैको अपनत्व कायम गर्ने उद्देश्यले न्युनतम १० हजारदेखि अधिकतम १० लाखसम्म लगानी गर्न सकिने अध्यक्ष केशव बस्नेतले जानकारी दिनुभयो ।

No description available.


सहकारी, कर्मचारी र शेयर सदस्यहरुको त्रिपक्षीय लगानीमा सञ्चालन गर्न लागिएको सहकारी सञ्चालनका लागि शनिबारदेखि तालिम सञ्चालन हुने बताइएको छ ।
स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव बस्नेत लगायत सञ्चालक समिति र अन्य शेयर सदस्यहरुको समेत उपस्थिति रहेको कार्यक्रममा भेलाको उद्देश्यबारे सचिव मनोज भट्टराईले जानकारी गराउनु भएको थियो ।
भेलाकै क्रममा तोकिएको दायराभित्र रहेर सुफत मूल्यको पसलमा शेयर लगानी गर्न इच्छुकले आ–आफ्नोतर्फबाट २५ लाख बढीको प्रतिवद्धता आएको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाका अधिकृत रुपन चाम्लिङले जानकारी दिनुभयो ।
भेलामा प्रतिष्पर्धात्मक बजारमा खुल्न लागेको सुफत मूल्यको पसल सञ्चालन गर्दा ‘फिफो’ प्रविधिलाई ध्यान दिनुका साथै उपभोक्तालाई आकर्षण , सेवामा सहजतालाई पनि ध्यान दिन सहभागीको आग्रह थियो ।
साथै सहकारीमार्फत सञ्चालित पसलले कृषि उत्पादनलाई बजारसंग जोड्नुपर्ने, बजारमा टिक्नेदेखि शेयर सदस्यको शेयरको सुरक्षा र बोनस वितरणमा ध्यान दिनुपर्ने, सफ्टवेयर सिष्टममा काम हुनुपर्ने लगायतका सुझाव राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसहकारी पसल सञ्चालनबारे स्वरोजगारको छलफल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img