अर्जुनधारा ९ चैत । नेपाली कांग्रेस अर्जुनधारा ६ नम्बर वडा समितिले प्रजातान्त्रिक आन्दोलनमा सक्रिय ९६ जना महिलाहरुलाई सम्मान गरेको छ । ६ नम्बर वडा समिति अन्तर्गत रहेका ५ वटा टोलका ७५ बर्षमाथिका आमाहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा कृष्णमाया घोर्साई, दयावती दनुवार, थिरमाया चापागाईं, खड्गमाया सिटौला लगायत ९६ जनालाई दोसल्ला ओढाएर पौष्टिक आहार प्रदान गर्दै सम्मान गरिएको हो ।
नेपाली कांग्रेस अर्जुनधारा वडा नं–६ र नेपाल महिला संघ वडा नं–६ को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा टोल–टोलमा पुगेर ७५ बर्षमाथिका आमाहरुलाई सम्मान गरिएको १ नम्बर टोल सभापति दिपेन पौड्यालले जानकारी दिनुभयो ।
वडाका लागि तोकिएका जिल्ला प्रतिनिधि एवं महाधिवेशन प्रतिनिधि दिपक तामाङको प्रमुख आतिथ्य एवं वडा सभापति नेत्रप्रसाद विमलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधि चन्द्रकला भण्डारी, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, नगर सभापति हेमराज खरेल, जिल्ला सदस्य पम्फा विश्वकर्मा लगायतको आतिथ्य रहेको थियो । उपसभापति हुमादेवी लुइटेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सिता कार्कीले गर्नुभएको वडा उपसभापति सन्तोष तामाङले जानकारी दिनुभयो ।
यसैबीच वडाका कांग्रेस कार्यकर्ताहरुको भेलाले तरुण दल एवं महिला संघको वडा र पाँचवटै टोलमा टोल समिति गरेको छ । प्रभु राजवंशीको संयोजकत्वमा वार्डस्तरीय टोल समिति र मिना चुडालको संयोजकत्वमा वडा महिला समिति गठन गरिएको वडा सचिव टंक भण्डारीले जानकारी दिनुभयो ।
प्रजातान्त्रिक आन्दोलनमा सक्रिय महिला सम्मानित

































































































