Homeसमाचारभट्टराई स्मृती अक्षयकोषको छात्रबृत्ति वितरण

भट्टराई स्मृती अक्षयकोषको छात्रबृत्ति वितरण

भद्रपुर ९ चैत्र । झापाको सदरमुकाम चन्द्रगढी स्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयका पूर्व प्रधान्याध्यापक स्वर्गिय डिल्लीप्रसाद भट्टराई स्मृती अक्षयकोषको व्याजबाट विद्यालय झोला वितरण गरिएको छ ।
विरेन्द्र मावि चन्द्रगढीमा शिशु कक्षा देखि कक्षा ५ सम्ममा अध्ययनरत छात्र–छात्रालाई विद्यालयको सभाहलमा बुधबार आयोजित संक्षिप्त कार्यक्रमका बीच भट्टराई स्मृति अक्षयकोषकी संरक्षक स्वर्गिय भट्टराई पत्नी दुर्गादेवी भट्टराईले छात्राछात्रलाई झोला वितरण गर्नु भएको हो ।
विक्रम सम्बत २०७२/०७३ मा पाँचलाख पाँचहजार पाँचसय ५५ रुपैयाँको स्थापित अक्षयकोषको रकमबाट प्राप्त हुने व्याज ६५ हजार बराबरको रकमले कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई छात्राबृत्ति प्रदान गरिसकिएको र रहेको केहि रकमबाट ससाना नानीहरुलाई झोला वितरण गरिएको विद्यालयका प्रधानाध्यापक खिलाराज कोइरालाले बताउनु भयो ।
उहाँले झोला वितरणसंगै नानीहरुलाई विद्यालयमा जाने र पढ्न थप प्रेरित गराउने उद्देश्यले नयाँ शैक्षिक सत्रको शुरुवातीसंगै झोला वितरण गरिएको जानकारी दिनुभयो छ ।
कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक इन्द्रबहादुर पौडेलले गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका पुर्व शिक्षक खडानन्द भट्टराई, कर्मचारी भोलाप्रसाद पोखरेल लगायतका विद्यार्थी, शिक्षक शिक्षिका तथा अभिभावकहरुको समेत उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभट्टराई स्मृती अक्षयकोषको छात्रबृत्ति वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img