Homeसमाचारझापाका यातायात व्यवसायी संगठित

झापाका यातायात व्यवसायी संगठित

सुरुङ्गा १० गते । झापाका यातायात प्रालि अध्यक्षहरुको सुरुङ्गा भेलाले झापा संयुक्त यातायात व्यवस्थापन समिति गठन गरेको छ ।
मेची यातायात एण्ड अटो प्रा.लि.को प्र्रधान कार्यालय सुरुङ्गामा बसेको भेलाले पूर्वी बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ ।
समितिको सहसंयोजकमा मेची यातायात एण्ड अटो प्रालिका केशवबहादुर थापा सचिवमा पूर्वी हिमाल यातायात प्रालिका अध्यक्ष हेमराज दाहाल रहनुभएको छ । सदस्यहरुमा झापामा क्रियाशील सबै यातायात प्रालिका अध्यक्षहरुलाई राखिएको यातायात व्यवसायी रमेश शिवाकोटीले बताउँनुभयो ।
संयुक्त यातायात व्यवस्थापन समितिले यस क्षेत्रमा गुड्ने दिवा तथा यात्रीबाहक बसहरुमा भाडामा एकरुपता कायम गर्ने, तानातान गरेर यात्रीलाई दुःख दिनु नहुने, सबै क्षेत्रमा राखिएका जथाभावी बुकिङ्ग काउण्टरलाई हटाइने र आधिकारिक काउण्टरबाट मात्रै टिकट काटने प्रबन्ध मिलाइने बताउँनुभयो । यसका लागि जिल्ला प्र्रशासनसंग समेत समन्वय गरिने समितिका सहसंयोजक थापाले बताउँनुभयो । व्यवस्थापन समितिको गठनपछि यात्रुलाई समयको समेत एकरुपता हुने विश्वास थापाले गर्नुभयो । रातो प्लेटका निजी सवारी साधनले यात्रु बोक्न नपाउने तथा हायस गाडीले राती मान्छे बोक्न नपाउने नियम रहँदा रहँदै नियम विपरित कार्य हँुदै आएकोमा अब यातायात व्यवसायीको पहलमा क्रमश आन्दोलन गर्दै यसका लागि उचित नियगमन गर्नका लागि पहल गर्ने निर्णय पनि भेलाले गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापाका यातायात व्यवसायी संगठित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img